पूर्वराष्ट्रपति यादवलाई ‘क्यान्सर’

4192
Loading...

Rambaran-700x337

काठमाडौं १४ भदौ –पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सरको लक्षण देखापरेको छ । उनलाई प्रोस्टेट ग्रन्थीको क्यान्सर देखिएपछि थप उपचारका लागि अमेरिकास्थित भर्टिकुटी युरोलोजी इन्स्टिच्युट, हेनरी फोर्ड अस्पताल लगिने भएको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले यादवको प्रोस्टेट ग्रन्थीमा क्यान्सरको आशंका गरेपछि उनी थप चेकजाँचका लागि भारत पुगेका थिए । पूर्वराष्ट्रपति यादवको भारतको चन्दीगढस्थित स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थानमा स्वास्थ्य जाँच गराउँदा क्यान्सरको लक्षण पुष्टि भएको थियो । राष्ट्रपति पदमै रहेका बेला यादवलाई सरकारले चेकजाँचका लागि जापान पठाएको थियो । तर, त्यसबेला क्यान्सरका कुनै लक्षण देखिएको थिएन । तर गत साउनमा पिसाबसम्बन्धी समस्या देखिएपछि शिक्षण अस्पतालमा स्वास्थ्य जाँच गराउँदा क्यान्सरको आशंका गर्दै चिकित्सकहरूले भारतमा थप स्वास्थ्य जाँचका लागि आग्रह गरेका थिए । भारतको नेहरू अस्पतालका चिकित्सकहरूले उनमा क्यान्सरको लक्षण भेटिएको पुष्टि गरेका हुन् । अब यादवलाई थप उपचारका लागि असोज पहिलो साता अमेरिका लगिने भएको छ ।

LEAVE A REPLY