पेनाल्टी सुटआउटमा इटलीलाई हराउँदै जर्मनी सेमिफाइनलमा

516
Loading...

03072016073452germnay-1000x0

असार १९, २०७३- इटलीलाई पेनाल्टी सुटआउटमा ५-६ ले हराउँदै जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्समा जारी युरोकप २०१६ अन्तर्गत क्वार्टरफाइनलमा इटलीलाई पेनाल्टीसुटआउटमा ६–५ ले पराजित गर्दै जर्मनी सेमिफाइनलमा पुगेको हो। जर्मनीले ५४ वर्षपछि ठूला फुटबल प्रतियोगितामा इटलीमाथि जित हात पारेको हो ।

यसअघि विश्वकप र युरोकपमा भएको आठ भेटमा इटली अपराजित रहँदै आएको थियो ।

खेलको निर्धारित र अतिरिक्त समयमा १-१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट लिइएको थियो ।

खेलको ६५ औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर ७८ औं मिनेटमा जर्मनीका जेरोम बोएटेङले डि एरिया भित्र ह्याण्ड गरेपछि इटलीले पेनाल्टी पायो । जसमा इटलीका लियोनाद्रो बोनुचीले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि निर्धारित र थपिएको समयमा कुनै गोल हुन सकेन।

पेनाल्टी सुटआउटमा जर्मनीका थोमस मुलर, ओजिल र स्वाइन्सगाइटर चुके ।

यसैगरी इटलीका पनि जाजा, पेले र बोनुचीले पनि गोल गर्न सकेनन् र २-२ को बराबरी भयो । सडन डेथ लगातार तीन पेनाल्टीमा दुबै टोलीले गोल गरे । इटलीका गिआचेरिनी, पारोला र डि सिलिओले गोल गरे भने जर्मनीका हृयामल्स, किमिच र बोटेङले गोल गरे ।

नवौ नम्वरमा पेनाल्टी प्रहार गर्न आएका इटलीका माटियो डार्मिनको प्रहार जर्मनीका मानुएल नोएले बचाउ गरे। तर जर्मनीका जोनास हेक्टर चुकेनन् र उनले पेनाल्टीमा गोल गर्दै विश्वविजेता जर्मनीलाई ६–५ को जित दिलाए।

अब जर्मनीले सेमिफाइनलमा आज राति हुने फ्रान्स र आइसल्याण्डको विजेतासँग खेल्नेछ।

LEAVE A REPLY