पोल्याण्डलाई हराउँदै पोर्चुगल युरो कपको सेमीफाइनलमा प्रवेश

488

portuguese-celeb

काठमाडौं, १७ असार । जारी युरोकप २०१६ को क्वाटर फाइनलमा पोल्याण्डलाई पोर्चुगलले टाइब्रेकरमा ५-३ गोल अन्तरले हराउँदै सेमी फाइनलमा पुगेको छ ।फ्रान्सको मार्सेइ शहरमा भएको रोमाञ्चक खेलमा पोल्याण्डलाई पोर्चुगलले टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गरेको हो । जीतसँगै पोर्चुगल सेमी फाइनलमा प्रवेश गरेको छ । आउँदो विहीबार पोर्चुगलले वेल्स र बेल्जियमबीच हुने क्वाटर फाइनल खेलको विजयी टीमसँग सेमिफाइनलमा भिड्ने छ ।
खेल सुरु भएको दोश्रो मिनेटमा रोबर्ट लेवानडोस्कीले गरेको गोलसँगै पोल्याण्ड १-० गोलले अगाडि रहेको थियो । ३३ औं मिनेटमा रेनाटो सान्चेसले पोर्चुगलका लागि पहिलो गोल गरेपछि पहिलो हाफ १-१ मा सकिएको थियो ।
दोश्रो हाफमा दुवै टीमले गोल गर्ने प्रयास गरेका थिए । तर निर्धारित ९० मिनेटमा दुवै टीम गोल गर्न अफसल भएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो । उक्त समयमा पनि कुनै गोल थप्न नसकेपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको हो ।

LEAVE A REPLY