प्रदेश नं.५ टुक्राउन पाइँदैन भन्दै सडकमा एमाले

840
Loading...

भैरहवा, ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी एमाले भैरहवाले प्रदेश नं. ५ टुक्र्याउन सत्ता पक्ष तयार भएको भन्दै विरोध गरेको छ ।
लुम्बिनी अञ्चलका ६ ओटा जिल्ला मध्ये पहाडी भागका जिल्लाबाट तराईका जिल्ला टुक्र्याउने कुरा आएपछि लुम्बिनी अञ्चललाई ५ नं. प्रदेशमा नै कायम गर्न दबाब स्वरुप विरोध गरेका हुन् ।

भैरहवाको लुम्बिनी गेटबाट निकालिएको सो विरोध ¥याली बुद्धचोक, बर्मेलीटोल, नारायणपथ हुँदै मिलनचोकमा गएर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै एमाले सांसद् आदित्य नारायण कसौधनले कुनै पनि हालतमा प्रदेश टुक्र्याउन नदिने र कसैले जबरजस्ती लादन खोजे कडा आन्दोलन गर्ने बताए ।

LEAVE A REPLY