प्रधानमन्त्री कार्यालयमा प्रेस निषेध

7687
Loading...

काठमाडौं, २१ भदौ –प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रेस पासका आधारमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ, आजको राजधानी दैनिकमा खबर छापिएको छ । सूचना विभागको कार्ड देखाएर प्रवेश पाइने प्रधानमन्त्री कार्यालयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेलगत्तै प्रेसलाई प्रवेश निषेध गरिएको हो । दाहालको कार्यकालमा प्रधानमन्त्री कार्यालय प्रवेशका लागि सोही कार्यालयका कुनै न कुनै कर्मचारीले तोक नलगाई पस्न नपाउने व्यवस्था गरिएको छ । प्रधानमन्त्रीको नयाँ नीति तथा योजनाबारे बुझ्न सोमबार सिंहदरबार पुगेका एक पत्रकारले प्रधानमन्त्री कार्यालयको गेटबाट भित्र प्रवेश नै नपाएको गुनासो गरे । ‘तपाईं भित्र पस्न पाउनुहुन्न, पत्रकारलाई पनि भित्रको अनुमतिविना छिर्न नदिनू भन्ने आदेश छ,’ प्रधानमन्त्रीकै निर्देशन भन्दै गेटमा खटिएका एक सुरक्षाकर्मीको भनाइ थियो । उनले भित्रको आदेशविना पत्रकारलाई प्रवेश नदिने नीति बनिसकेको भन्दै प्रवेश रोकेका ती पत्रकारले बताए । ‘कार्यालयभित्र पस्न भित्रबाटै भन्नुपर्ने नयाँ नियम बनेको रहेछ, हामीलाई प्रवेश दिइएन,’ ती पत्रकारले गुनासो गरे । यसअघि प्रधानमन्त्रीको कार्यालय प्रवेशमा सर्वसाधारणलाई भने भित्रबाट तोक लगाउनुपर्ने अवस्था रहँदै आएको थियो । तर, प्रेसलाई त्यस्तो कुनै रोकतोक नभए पनि नयाँ सरकार आएसँगै प्रेसलाई समेत सहज प्रवेश रोकिएको हो

LEAVE A REPLY