फ्रान्समा फेरि आक्रमण, ट्रकले भीडमा पसेर ८० जना मार्यो

373
Loading...

hamal

पेरिस, ३१ असार – गत वर्षको नोभेम्बरमा फ्रान्सको पेरिसमा १३० जनाको ज्यान जाने गरी भएको आतंककारी आक्रमणको घटना सेलाउन नपाउँदै नीस सहरमा अर्को आक्रमण भएको छ । एक सामान बोक्ने लरी (ट्रक) भीडमा पसेर मानिसहरुलाई किच्दा कम्तीमा ८० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । सर्वसाधारणहरु बास्टिल दिवसको उत्सव मनाइरहँदा लरी एकाएक भीडमा पुगेर मानिसहरुलाई किच्न सुरु गरेको थियो । अधिकारीहरुका अनुसार घटनामा दर्जनौं घाइते समेत भएका छन् । उनीहरुलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा पुर्याइएको छ । घटनापछि लरी चालक प्रहरी कारबाहीमा मारिएका छन् भने लरीमा अत्याधुनिक हतियारहरु समेत फेला परेका छन् । फ्रान्सका राष्ट्रपतिले घटनालाई आतंकवादी प्रकृतिको पनि टिप्पणी गरेका छन् । फ्रान्सलाई पटकपटक आतंककारी संगठन आइएसले निशाना बनाउँदै आएको छ । यो घटना पनि आइएसबाटै घटाइएको हो या होइन भन्ने बारे अनुसन्धान भइरहेको फ्रान्सेली अधिकारीहरुलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् ।

LEAVE A REPLY