फ्लप पनेरु

288
Loading...

17062016063324Archana-Paneru_01-600x0

किशोरावस्थामै ‘पोर्न स्टार’ हुन्छु भन्ने तथा सनी लियोनलाई आइडियल मान्ने अर्चना पनेरुले दुईवटा चलचित्रमा काम गर्न भ्याइसकेकी छिन् । पहिलो ‘छेस्को’ प्रदर्शनमा पनि आयो, तर त्यो छेस्कोले कसैलाई घोच्न सकेन । बरु उल्टो अर्चनाको करियरको सुरुवातमै ‘फ्लप’को ट्याग लगाइदियो ।

पनेरुको पहिलो चलचित्र ‘छेस्को’ चाहेर पनि केही दर्शक (लोकलाजका कारण) हेर्न गएनन् । हलमा पुगेका सीमित दर्शकको अनुहार पनि हलमा छिर्दा र निस्कँदा मास्कले छोपिएको थियो भन्नेसम्म सुनियो । निर्माताले ‘छेस्को’लाई सकेसम्म छिटो युट्युबमा रिलिज गरिसके, किनभने स्वघोषित ‘पोर्नस्टार’ अर्चना पनेरु युट्युब आदि सामाजिक सञ्जालमा मात्र हिट छिन्, हलको पर्दामा ‘फ्लप’ ।

‘छेस्को’को अवस्था हेरिरहेकाहरू उनको अर्को चलचित्र ‘जिस्म’ का निर्माताहरूको अनुहार अहिले हेर्न लायक भएको छ समेत भन्न थालेका छन् ।

LEAVE A REPLY