बढ्दो उमेरको असर रोक्न मेवा उपयोगी

393
Loading...

timthumb (2)

बढ्दो उमेरको असर रोक्नका लागि मेवा सहयोगीसिद्ध पाइएको छ।

उमेर बढ्दै जाँदा त्यसका असरहरु छालादेखि भित्री अंग मुटुका रोगहरु बढ्ने खतरा उत्तिकै हुन्छ। यसमा मेवा अत्यन्त हितकर हुने गरेको विभिन्न अध्ययनले देखाएका छन्।

मेवामा प्रयाप्त मात्रामा भिटामिन ए अथवा एन्टिअक्सिडेन्टको मात्रा हुन्छ। यही तत्व बढ्दो उमेरको असर रोक्न सहयोगी हुने गरेको छ। यसले चाँडो छाला चाउरी पर्ने समस्या निराकरण गर्छ।

मेवाको पेष्ट अनुहारमा लगाएर मसाज गरी ५ मिनेटपछि सफा गर्दा छालामा निखार समेत ल्याउँछ। पोलेको वा डढेको छालाका लागि पनि यो उपयोगी हुन्छ।

त्यस्तै मेवामा फाइबरको मात्रा पनि बढी हुन्छ। यसमा हुने इन्जाइमले कोलेस्टेरोलको मात्रा घटाउन सहयोग पुर्याउँछ। यसले बढ्दो तौल नियन्त्रणका लागि पनि मद्दत गर्दछ। उच्च रक्तचाप नियन्त्रणका लागि मेवाको सेवन उपयोगी मानिन्छ।

हृदयघातजस्ता मुटुका रोगहरुबाट पनि बचाउन सहयोग पुर्याउँछ। यसमा भिटामिन बी र सीको मात्रा पनि हुन्छ। जसले गर्दा पाचन प्रक्रिया, राजस्वलामा हुने अनियमितता हटाउन पनि सहयोगी हुन्छ।

यसमा भएका अन्य तत्वहरुले कलेजोमा हुन सक्ने क्यान्सर रोगबिरुद्ध लड्न सहयोग पुग्ने अध्ययनले देखाएको छ। आँखाको दृष्टि शक्ति बढाउनमा पनि मेवा उपयोगी हुन्छ। यसमा भएको भिटामिन ए आँखाको दृष्टि शक्तिका लागि अति उत्तम हुन्छ।

LEAVE A REPLY