बन्दुकधारीकी पत्नीलाई तानिँदै

244
Loading...

v

ओर्ल्यान्डोको एक समलिंगी रात्रि क्लबमा ४९ जनाको हत्या गर्ने बन्दुकधारीकी पत्नीले उक्त आक्रमणसँग जोडिएर अभियोगको समाना गर्नुपर्ने सम्भावना देखिएको छ ।

बन्दुकधारी ओमार मातिनकी पत्नी नुर सलमानमाथि अनुसन्धान गर्न अभियोजकहरूले एक विशेष जुरी गठन गरेका छन् । नुरले प्रहरीसँगको बयानमा आफूले पतिलाई उक्त हमला गर्नबाट रोक्न कोसिस गरेको बताएकी थिइन् ।

पछिल्लो अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक गोली काण्डको रूपमा रहेको यो घटनाले यतिबेला संसारको सबैभन्दा शक्तिशाली देश स्तब्ध छ ।

घटनामा ५३ जना घाइते भए, जसमध्ये ६ जनाको स्थिति गम्भीर छ । अभियोजकहरूले हत्यासम्बन्धी दर्जनौं अभियोगमा मतियार बनाउँदै नुरलाई सम्भावित आक्रमणबारे अधिकारीहरूलाई सचेत नतुल्याएको भन्दै मुद्दामा तान्न चाहेका छन् । मातिनले रात्रि क्लबभित्र गोली बर्साइरहँदासमेत आफ्नी पत्नीलाई फोन गरेका थिए ।

नुरलाई सोधपुछ गरिएको भए पनि पक्राउ भने गरिएको छैन । अमेरिकी सिनेटर एनगस किङले नुरलाई के घटना हुन गइरहेको छ भन्नेबारे केही न केही थाहा भएको बताएका छन । नुरले सही सूचना दिएर अनुसन्धानलाई सहयोग गर्ने उनले आश व्यक्त गरे ।

केही अमेरिकी सञ्चारमाध्यमले चाहिँ नुरले मातिनलाई गोली किन्न सघाउनेदेखि नाइट क्लबसम्मै पुर्‍याउने काम गरेको समेत आरोप लगाएका छन् तर नुरले त्यसको खण्डन गरेकी छन् ।

मातिनका बाबु सिद्दिकीले चाहिँ नुर सोमबार बिहान उनीहरूको फल्याट फर्केर केही लुगाफाटा लगेको बताइन् । नुर मातिनकी दोस्री पत्नी हुन । उनीहरूका एक छोरा फ्लोरिडामै छन् ।

प्रहरीले हस्तक्षेप परेपछि क्लबलाई बन्धक बनाइरहेकै अवस्थामा मातिनले आफैंलाई गोली हानी आत्महत्या गरेका थिए । उनले आक्रमण दौरान आईएसको समर्थन गर्दै बोलेका थिए ।

मातिनले आक्रमण अघि थुप्रैपटक पल्स क्लब गई रेकी गरेका थिए । उनले समलिंगी डेटिङ एप्समार्फत् थुप्रै सम्पर्क पनि बनाएका थिए ।

राष्ट्रपति बाराक ओबामाले मंगलबार मातिनबारे बोल्दै उनी अतिवादीकरण गरिएका एक रिसाहा, असन्तुलित र अस्थिर युवा भएको बताए ।

LEAVE A REPLY