बाढी पहिरोका कारण मुलुकभर १५ को मृत्यु, ६ बेपत्ता

195

badhi

काठमाडौं, ११ साउन– लगातारको वर्षापछिको बाढी र पहिरोका कारण मुलुकभर १५ जनाको मृत्यु भएको गृह मन्त्रालयले बताएको छ । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता यादव प्रसाद कोइरालाले लोकान्तरलाई दिएको जानकारी अनुसार आइतबार र सोमवारको वर्षापछिको बाढी र पहिरोले १५ को ज्यान लिएको हो । सबैभन्दा बढी गुल्मीमा पहिरोल पाँच जनाको मृत्यु भएको छ भने मकवानपुरमा ३ जनाको मृत्यु भएको छ । त्यसैगरि उदयपुरमा १, सिन्धुलीमा १, काठमाडौंमा १, सिराहामा १, पाल्पामा १, बाग्लुङ्गमा १ र सुनसरिमा १ गरि ७ जनाको मृत्यु भएको कोइरालाले बताए । बाढी पहिरोका कारण ६ जना बेपत्ता भएको गृहले बताएको छ । प्युठानमा ३, सुनसरिमा १, सप्तरीमा १ र सिराहामा १ गरि ६ जना बेपत्ता भएका हुन् । बाढी पहिरोले पुर्याएको सम्पत्तिको क्षतिको एकिन विवरण आइसकेको छैन

LEAVE A REPLY