बाढी पहिरोले प्यूठानको जनजीवनमा सन्त्रास , झिमरुक खोलाले बगाएर ल्याएको १३ को शव फेला

239
Loading...

Pyuthanगएरातिदेखिको अवरिल वर्षाका कारण प्यूठानको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । बाढी र पहिरोको सन्त्रास फैलिएको छ । अहिलेसम्म झिमरुक खोलाले १३ जनाको शव बगाएर ल्याएको अवस्थामा फेला छ भने पाँच जना पहिरोमा पुरिएर वेपत्ता भएका छन् । प्यूठानका सम्पूर्ण सडक खण्डमा ठाँऊ ठाँऊमा गएको पहिरोका कारण अवरुद्ध भएका छन् । प्रमुख व्यापारिक केन्द्रहरु सहितका दर्जन बढि बस्तीहरु र २ वसपार्क उच्च जोखिममा छन् ।

42
झिमरुक नदिमा इतिहासकै सबैभन्दा ठूलो वाढि आएको वुढापाकाहरु वताउँछन् । झिमरुक जलविद्युत परियोजनाले समेत यसको पुष्टि गरेको छ । राति साढे एक बजे झिमरुक नदिमा ९ सय ५५ क्यूसेक पानी मापन गरिएको छ भने यो समाचार तयार गर्दा पनि ९ सय क्यूसेक भन्दा वढि पानी झिमरुक नदिमा रहेको छ । अविरल वर्षा अहिले पनि जारि छ ।
प्यूठानको लुङ गाविस वडा नं. ६ बाहाने मा घर भत्किँदा स्थानीय शोभा रिजाल पुरिएर वेपत्ता भएकी छन् । बाहानेकै सिमलबुटामा धोजबहादुर पुनको घर पहिरोमा पुरिँदा डेरा गरि बस्ने २५ वर्षीय कालि परियार, किरण थापा र अन्य दुई जना पुरिएका छन् । पुनको छोरी २८ वर्षिय छोरी पवित्रालाई सकुसल उद्धार गरिएको छ । बाहाने बजार उच्च जोखिममा रहेको छ ।

LEAVE A REPLY