बामदेवकाे प्रश्न- कुन कुन मन्त्रालय विरुद्ध अविश्वास प्रस्ताव ?

210

bamdav gautam

काठमाडौं, ८ साउन– एमाले उपाध्यक्ष बामदेव गौतमले माओवादी अध्यक्ष प्रचण्डले आफ्नै काम बिरुद्ध अविश्वास प्रस्ताव राखेको वताउनु भएको छ । सरकार बिरुद्ध राखिएको अविश्वास प्रस्तावको विपक्षमा संसदमा बोल्दै गौतमले अघिल्लो दिनसम्म सरकारमा बसेर आफैंले गरेको कामप्रति अविश्वास गरेको वताउनु भयो ।

‘तपाईंले गृहमन्त्री, शिक्षामन्त्री, कृषिमन्त्री, आपूर्तिमन्त्री विरुद्ध अविश्वास प्रस्ताव राखेको हो कि होइन ? आठवटा मन्त्रालयमा त तपाईं नै मन्त्री हुनुहुन्थ्यो, कि सरकारका आठवटा मन्त्रालयबाहेक सरकार विरुद्ध अविश्वास प्रस्ताव राख्नु भएको ?’ एमाले उपाध्यक्ष गौतमले अविश्वासको प्रस्तावका प्रस्तावक प्रचण्डले नै आफूले उठाएका प्रश्नको जवाफ दिनु पर्ने वताउनु भयो । ‘शन्ति सुरक्षा नभएको, कालावजारी भएको आरोप लगाउनु भएको छ, हिजोसम्म गृहमन्त्री आपूर्तिमन्त्री हुनुहुन्थ्यो अब आफैले उठाएका प्रश्नको जवाफ दिनुस्’ गौतमको भनाई थियो ।

गौतमले अविश्वास प्रस्तावको प्रस्तावक विपक्षी दल कांग्रेस भएको भए स्वभाविक हुने वताउँदै प्रचण्डले अव हिंड्ने बाटोवारे प्रश्न गर्नु भएको थियो । माओवादी अध्यक्ष प्रचण्डसँग आफ्नो सम्बन्धको सम्पूर्ण फेहरिस्त राख्दै गौतमले जीवनभरको मित्रका रुपमा कठीन मोडमा पनि ब्रह्मले देखेको सल्लाह दिएको वताउँदै सरकार विरुद्ध अविश्वास प्रस्ताव नल्याएको भए केपी ओलीपछि प्रचण्डलाई आफैंले प्रधानमन्त्री बनाइछोड्ने दाबी गर्नु भयो ।

LEAVE A REPLY