बार्सिलोनाले एथलेटिक बिलबाओलाई १-० ले हरायो

4652

90956110_rakitic_epa

बार्सिलोनाका लागि इभान राकिटिचले २१औं मिनेटमा आर्दा तुरानबाट प्राप्त क्रसमा हेडरमार्फत गोल गरे । स्टार खेलाडीहरू लियोनेल मेस्सी, लुई स्वारेज र तुरानले गोल गर्ने मौका चुकाए । लुई अनरिकको प्रशिक्षणमा खेलिरहेको बार्सिलोनाले दुई खेलमा जीत हासिल गरी ६ अंकका साथ अंकतालिकामा रियल मड्रिड र लास पाल्मासका साथ शीर्ष स्थान हासिल गरेको छ । सोमवारै भएको अर्को खेलमा भिल्लारियल र सेभिलाले शून्य गोलको बराबरी खेल्दै अंक बाँडे । बिबिसी

LEAVE A REPLY