बिदाविरुद्ध जनता र नेता : राष्ट्रनिर्माताको बिदा काटेर आम जनताको भावनामा तुषारापात

932

काठमाडौं, १२ कात्तिक – भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणको पहिलो दिनमा सार्वजनिक बिदा दिने सरकारको निर्णयले चर्को विवाद निम्त्याएको छ । सार्वजनिक बिदा दिने सरकारी निर्णयविरुद्ध सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री तथा सत्तारूढ दलकै प्रमुख नेता नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री तथा संविधानविद् निलाम्बर आचार्य, पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनी, सत्तारूढ दल नेपाली कांग्रेसका सांसद धनराज गुरुङ लगायतले कडा टिप्पणी गरेका छन् ।

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पनि सो निर्णय अनुचित भएको संकेत प्रकाशचन्द्र लोहनीको विचारलाई शेयर गरेर दिएका छन् ।

पूर्वप्रम डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘विदेशी पाहुनाको सत्कार हुनुपर्छ तर बिदा गरेर, काम छाडेर, देशलाई अरू कंगाल पारेर र भिक्षापात्र थापेर हाम्रा सच्चा मित्रहरू खुशी हुनुहोला र ? सोचौं है ।’

त्यस्तै फेसबुकमा रामचन्द्र पोखरेल लेख्छन्, ‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको बिदा काटेर आम जनताको भावनामा तुषारापत गर्ने क्रान्तिकारी सरकारले भारतको राष्ट्रपति आउँदा बिदा ?’

कांग्रेस नेता धनराज गुरुङको फेसबुकमा प्रतिक्रिया छ, ‘अतिथि देवो भव भन्दै सिंहदरबारमा एक हुल बाँदरहरूले निर्वस्त्र नृत्य प्रर्दशन गरेछन् त ।’

पत्रकार केदार शर्मा ट्विटरमा लेख्छन्, ‘गाउँगाउँबाट झुक, वस्ती वस्तीबाट झुक, यो देशको मुहार फेर्नलाई झुक । झिल्काझिल्का बल्नेहरू खरानी भएर झुक देशका लागि लडे्नेहरू धनु भएर झुक ।’

पूर्वअर्थमन्त्री रामशरण महत ट्विटरमा लेख्छन्, ‘विदेशी राष्ट्रप्रमुख आउँदा बिदा ! आजको कामकाजी संसारमा मेल खाँदैन । स्वयं अतिथिलाई असजिलो । हाम्रा राष्ट्रप्रमुखले त्यही सम्मान विदेशमा पाउँछन् ?’

पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले फेसबूकमा लेखेका छन्, ‘हामीेले अब हाम्रा सम्माननीय प्रधानमन्त्रीलाई नयाँ लम्पसारवाद विचारको मशाल बोक्ने व्यक्तिका रूपमा घोषणा गर्नुपर्छ ।’

उनको यही स्ट्याटसमा सहमति जनाउँदै एमाले उपमहासचिव घनश्याम भुसालले यसलाई समेत शेयर गरेका छन् ।

पूर्व परराष्ट्रमन्त्री एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको प्रतिक्रिया छ, ‘सरकारले भारतीय र चिनियाँ राष्ट्रपतिको भ्रमणमा सार्वजनिक दिने निर्णयको कुराले अचम्भित भएको छु । यो अनौठोमात्र होइन, हास्यास्पद निर्णय हो ।’
त्यस्तै लेखक तथा विश्लेषक जैनेन्द्र जीवनले फेसबूकमा लेखेका छन्, ‘क्रान्तिकारी प्रचण्डको देशलाई उपहार– पृथ्वीनारायणको जन्मजयन्तीमा बिदा कटौती, भारत चीनका राष्ट्रपतिको भ्रमण अवसरमा बिदा थप ।’

वामपन्थी विश्लेषक भरत दाहाल फेसबुकमा लेख्छन्, ‘चीनका राष्ट्रपतिको काल्पनिक भ्रमणलाई जोडेर मुखर्जीको भ्रमणमा बिदा दिने निर्णय उसलाई राष्ट्रपिता बनाउने कुरूप मनोदशाको संकेत हो ।’

पत्रकार दिनेश ट्विटरमा लेख्छन्, ‘टुक्राटुक्रा जोडेर सिङ्गो बनाएको सम्झनामा मनाउने एकता दिवसको बिदा कटौती, टुक्राटुक्रा पार्न खोज्ने छिमेकी देशको प्रमुख आउँदा सार्वजनिक बिदा ?’

कांग्रेस नेतृ उर्मिला थपलियाको ट्विटरमै प्रतिक्रिया छ, ‘भर्खरै भारत भ्रमण सकेर फर्केका प्रधानमन्त्रीलाई के पाठक पढाएर पठाए हो भारतले पूरै लम्पसार छन् त ?’

LEAVE A REPLY