बेल भर्सेस रोनाल्डो !

555
Loading...

maxresdefault

काठमाडौं – ग्यारेथ बेल र क्रिष्ट्रियानो रोनाल्डोबीचको सम्बन्धलाई नियाल्न ३ वर्ष पछाडी फर्कनुपर्छ । सन् २०१३ मा ग्यारेथ बेल विश्व किर्तिमानी मुल्यमा रियाल म्याड्रिडमा आबद्ध भएपछि उनले पहिलोपटक कार पार्किङमा रोनाल्डोलाई भेटेका थिए । रोनाल्डो तिनै खेलाडी हुन्, जसलाई बेलभन्दा चार वर्षअघि रियालले सर्वाधिक रकम खर्चिएर म्यानचेस्टरबाट किनेको थियो । तर बेल रोनाल्डोको किर्तिमान भंग गर्दै रोनाल्डोकै टोली जोडिन पुगे । कार्डिफमा जन्मिएका बेलले फ्रान्सको लियोनमा बुधबार राती रोनाल्डोसँग अर्को भेट गर्नेछन् । तर यसपटकको भेट जोडिनका लागि होइन, एकले अर्कालाई हराउनका लागि हो ।

लियोनमा हुने भेटअघि बेल सन् २०१३ कै जत्तिको चर्चामा छन् । सन् २०१६ मा विश्वकै सर्वाधिक महगोँ खेलाडी बनेर उनले आफ्नो नाममा नयाँ इतिहास कोरेका थिए । अहिले वेल्सलाई पहिलो पटक ठूलो प्रतियोगिताको सेमिफाइनलमा पुर्याएर आफ्नो देशका लागि नयाँ किर्तिमान कोरेका छन् । जारी प्रतियोगितामा ३ गोल गर्दै उनी वेल्सको सफलताका पछाडी प्रेरणाका रुपमा उभिएका छन् । तीनपटकका विश्व वर्ष खेलाडी रोनाल्डो उसै पनि पोर्चुगलबाट खेल्दा सुपर मोडल हुने नै भए । उनले जारी प्रतियोगितामा पोर्चुगलबाट २ गोल गर्दै थप २ गोलका लागि अवसर समेत सिर्जना गरेका छन् । रोनाल्डो आफ्नो कप्तानी पोर्चुगललाई युरोकपको फाइनलमा पुर्याउन चाहन्छन् ।

maxresdefault
स्टेडी डि लियोनमा हुने खेलअघि तीन पटकका विश्व वर्ष खेलाडी रोनाल्डो जत्तिकै कद ग्यारेथ बेलले निमार्ण गरेका छन् । क्लब फुटबलबाट खेल्दा डे«सिङ रुममा रोनाल्डो र बेललाई तीन खेलाडीले छुट्टयाउँछन् । उनीहरुको बीचमा टोनी क्रस, जेम्स रोड्रिग्वेज र करिम बेन्जामाको लकर हुन्छ । रियालको अभ्यास मैदानस्थित डाइनिङ रुममा बेल र रोनाल्डो विरलै मात्र एकसाथ उपस्थित हुन्छन् । एउटै क्लबबाट खेलेपनि उनीहरुबीच फोन नम्बर आदन–प्रदान भएको छैन् । व्यवसाहिक करियरलाई छाड्ने हो भने बेल कहिल्यै रोनाल्डोसँग सामाजिक र व्यवहारिक रुपमा नजिक छैनन् ।

बेलका नजिकका साथिभाई यस घटनालाई इस्यू बनाइराख्नु जरुरी नभएको बताउँछन् । उनीहरुका अनुसार रोनाल्डो र बेलको जीवनशैली निकै फरक छ । त्यसैले दुबै आ–आफ्नै काममा रमाउँनु स्वभाविक हो ।

म्याड्रिडबाट खेल्ने मार्सेलो र जेम्स रोड्रिग्वेज लगायत खेलाडीहरुले बेलाबेलामा रोनाल्डो र बेलको तुलना गर्छन् । उनीहरु बेलसँगको सम्बन्ध त्याग्दै रोनाल्डो बेलभन्दा निकै उत्कृष्ट रहेको बताउँछन् । तर रियाल म्याड्रिडको बोर्डमा कुराकानी हुदाँ रोनाल्डोले बेलसँग खेल्दा निकै सहज हुने तथ्यलाई लुकाउँदैनन् । बेललाई रियाल म्याड्रिडका अध्यक्ष फियोरेन्टिनो पेरेजले क्लबमा भित्र्याउँदा रोनाल्डोसँग सोधेका थिए । त्यतिबेला रोनाल्डोले बेललाई बेलोन डि अर जिताउनका लागि सहयोगी भूमिका निभाउने बताए । मैदानमा उनीहरुबीचको तालमेल त्यस्तो देखिएन, जस्तो वाचा रोनाल्डोले पेरेजसँग गरेका थिए । तर गत सिजन बेल घाइते भएपछि रोनाल्डो उनीप्रति सकारात्मक देखिए । रोनाल्डोले सार्वजनिक रुपमै टिममा बेलको अभाव खड्किएको अभिव्यक्ती दिए ।

रियालका वर्तमान प्रशिक्षक जिनेदिन जिदानले यि दुई स्टार खेलाडीलाई मिलाउनका लागि प्रभावकारी भूमिका खेलेका छन् । रियालकै पूर्व प्रशिक्षक कार्लो एन्सिलोट्टीले आफ्नो पुस्तकमा गत वर्ष लेखेका थिए –‘मैले प्रशिक्षण दिदैँ गर्दा रियालका अध्यक्ष फियोरेन्टिनो पेरेजले बेलको भूमिका परिवर्तन गरेर उनलाई मध्यभागबाट खेलाउन सुझाएका थिए । वेलले मध्यभागबाट स्वतन्त्र रुपमा खेल्न पाउँदा राम्रो खेल्ने उनको धारणा थियो । तर मैले बेलको स्थान परिवर्तन गर्दा सम्पूर्ण टोलीकै संरचना परिवर्तन गर्नुपर्ने भएकाले त्यो असंभव रहेको बताए ।’

एन्सीलोट्टीले बेललाई स्वतन्त्रताका साथ खेल्न दिदाँ रोनाल्डोलाई बाँध्नुपर्ने अवस्था आउने बताएका थिए । राफा बेनिटेज म्याड्रिडको प्रशिक्षक भएर आएपछि उनले रोनाल्डोको सट्टामा बेललाई च्याप्ने काम गरे । त्यसपछि बेल र रोनाल्डोबीचको सम्बन्ध राम्रो भएन । रियालको खेल पनि राम्रो भएन र राफा बर्खास्तीमा परे । त्यसपछि टोलीको प्रशिक्षण सम्हाल्न पूर्व खेलाडी जिनेदिन जिदान आए । उनले रोनाल्डो र बेल दुबैलाई खुसी राखेर म्याड्रिडलाई यस सिजन च्याम्पियन्स लिग जिताए ।

35E52CCE00000578-3672822-image-a-44_1467589720532

अझै पनि म्याड्रिडमा बेलको तुलनामा रोनाल्डो अग्रपंक्तीमा हाबी छन् । कुनै पनि बललाई टच गर्न रोनाल्डो सबैभन्दा अघि सर्छन् । बेल र बेन्जामाको काम रोनाल्डो अगाडी बढेपछि बाँकी रहेको खाली ठाउँ परिपुर्ति गर्नु हो । तर यो अवस्थ बिस्तारै परिवर्तन आएको छ किनकी रोनाल्डो घाइते भएका बेला बेलले नै उत्कृष्ट प्रदर्शन गरेर रियाल म्याड्रिडलाई गत सिजन ला–लिगाको उपाधी होडमा कायम राखेका थिए । त्यसैले बेलले स्वतन्त्र ढंगबाट खेल्न पाउँदा उत्कृष्ट खेल्न सक्छन् भन्ने मान्यता रियालमा छ ।

फ्रान्समा बेलले गरेको प्रदर्शनपछि रोनाल्डो पनि के कुरामा सावधान छन् भने बेलसँग झगडा गर्दाभन्दा मिलेर खेल्दा उनले धेरै उपलब्धि हासिल गर्नसक्छन् । बुधबार मध्यराती पोर्चुगल र वेल्सबीचको भिडन्त सुरु हुनअघि रोनाल्८ो र बेल दुबैले हात मिलाउनेछन् र संभवत उनीहरुले खेल सकिएपछि जर्सी साटासाट गर्नेछैनन् किनकी बेल आफ्नो ११ नम्बरको जर्सीलाई निकै महत्वपूर्ण ठान्छन् ।

गत अक्टोबरमा घाइते भएपछि बेलले म्याड्रिडबाट चार खेल गुमाएका थिए । तर उनले बोस्निया एन्ड हर्जीगोभिना विरुद्धको युरो २०१६ को छनोट खेलमा वेल्सका लागि खेले । यस खेलपछि वेल्स युरोकपका लागि छनोट भयो । त्यसपछि बाँकी रहेको एन्डोरा विरुद्धको खेल छाडेर बेल म्याड्रिड फर्कने अनुमान रियालका समर्थकहरुले लगाएका थिए । तर बेलले एन्डोरा विरुद्ध पुरै ९० मिनेट खेले र खेलपछि आफ्नो टिम युरोमा छनोट भएको खुसीयालीमा स्याम्पियन फोडे । लगत्तै म्याड्रिड फर्किएपछि उनी घाइते भए ।

लेभान्टे विरुद्धको खेलमा दोस्रो हाफमा बेल मैदान उत्रन नसकेपछि म्याड्रिड समर्थकले जोक गर्दै भनेका थिए –‘दिउँसो भएको रग्बी विश्वकपको क्वाटरफाइनलमा वेल्सले खेलेको हेर्दा बेललाई चोट लाग्यो ।’ त्यतिमात्रै होइन डायरियो एएसका कोलम राइटर टोमस रोनसेरोले लेखेका थिए –‘ ग्यारेथका लागि तिमीहरुले १ सय मिलियन युरो खर्चियौ । तर उनले रियालको सट्टा एन्डोरा विरुद्ध वेल्सका लागि ९० मिनेट खेल्नु महत्वपूर्ण ठाने ।’

रोनाल्डोले पनि बेलकै जस्तो अवस्था सामना गर्नुपर्यो । उनले पनि पोर्चुगल प्रतियोगतामा छनोट भइसकेपछि टोलीका तर्फबाट एक खेल खेले । तर रोनाल्डो खेल लगत्तै म्याड्रिड फर्किए । उनी बेलजस्तो घाइते पनि भएनन् ।

बेलले सधैँ वेल्सलाई पहिलो प्राथमिकतामा राख्छन् । त्यसपछि मात्रै उनको प्राथमिकतामा क्लब पर्छ , त्यही क्लब जसले बेललाई भित्र्याउनका लागि विश्वकिर्तिमानी मुल्य तिर्यो ।

जारी प्रतियोगितामा वेल्सलाई इतिहासमै पहिलो पटक सेमिफाइनल यात्रा गराउन बेलको व्यक्तित्व मात्रै होइन, मैदानभित्र उनले देखाएको शान्दार खेलले पनि उत्तिकै भूमिका खेलेको छ ।

रोनाल्डो र बेलबीच धेरै समानताहरु छन् । दुबैजना डेड बलमा उत्कृष्ट मानिन्छन् । दुबै विंगर हुन् र उनीहरु असंख्य गोल गर्न सक्छन् । बेलले आरोन राम्सेसँग मिलेर प्रतियोगिता उत्कृष्ट खेलिरहेका थिए । तर आरोन राम्सेले सेमिफाइनलमा उपलब्ध हुनेछैनन् । त्यसैले अग्रपंक्तीमा बलको भूमिका अझै महत्वपूर्ण देखिन्छ । प्रतियोगितामा बेलको निस्वार्थ खेलका कारण वेल्सका अन्य फरवार्डहरुले पनि उत्तिकै छाउने मौका पाएका छन् । फेरि रियाल म्याड्रिडमा फर्कने हो भने यसपटक म्याड्रिडका समर्थकहरु बेलको प्रदर्शनलाई लिएर निकै खुसी छन् । रियालले प्राय विश्वकप वा युरोकपको समाप्तिपछि प्रतियोगितामा चलेका खेलाडीमाथि आँखा गाड्छ । तर यसपटक म्याड्रिडलाई त्यसको जरुरी नपर्ला किनकी म्याड्रिडकै खेलाडी यसपटकको युरोकपका सबैभन्दा ठूला स्टार हुन् । जारी प्रतियोगिताको अन्तिम चारमा बेलको वेल्सले रोनाल्डोको पोर्चुगललाई हराउन सके उनी यस वर्षको फिफा वर्ष खेलाडीको दौडमा समेत अगाडी आउनेछन् किनकी लियोनल मेसी अर्जेन्टिनालाई कोपाको उपाधी जिताउन असफल भएका कारण यसै पनि रेसमा पछि परिसकेका छन् । यस्तो अवस्थामा च्याम्पियन्स लिग जितेका रोनाल्डो र बेल दुबैसामू युरो जित्दै फिफा वर्ष खेलाडीको अवार्ड जित्ने मौका छन् । वेल्सका हल रोब्सन कानू भन्छन् –‘मेसी र रोनाल्डो यस ग्रहबाहिरका खेलाडी हुन् । तर हामीसँग ग्यारेथ छन् र उनी दुबै खेलाडीभन्दा उत्कृष्ट छन् ।’ वेल्सले जारी प्रतियोगितामा अहिलेसम्म असंभव केही हुदैँन भन्ने प्रमाणित गर्दै आएको छ र रियाल म्याड्रिड समर्थकका लागि पोर्चुगलले जितेपनि विन–विनकै अवस्था हुनेछ ।

LEAVE A REPLY