ब्यवसाय गर्न खोज्दै हुनुहुन्छ?, अपनाउनुस् यी ६ तरिका, जसले तपाईलाई छोटो समयमा नै सफल बनाउँछ

530
Loading...

काठमाडौं। राजनीतिक अस्थिरता, मजदूर समस्या, लोडसेडिङका वावजुत पनि नेपालको ब्यवसायिक क्षेत्र अगाडि वढिरहेको छ। नयाँ संविधान बनिसकेको पृष्ठभूमिमा आर्थिक सुचकहरु पनि ठिकठाक रहेका बेला सानो ठूलो पुँजी भएकाहरु व्यवसायतर्फ आकर्षित हुन थालेका छन्।

ब्यवसाय गर्छु भनेर रहर गरेर मात्र हुँदैन। यसलाई सफल बनाउन सके मात्र प्रतिफल हात पर्छ। यसका लागि ६ वटा उपाय अपनाउनु भयो भने तपाईलाई सफल हुन अझ सजिलो हुन्छ।

१.    नेटवर्क बनाउन सिक्नुस्
तपाई व्यवसाय नै गर्छु भनेर सोचिरहनु भएको छ भने पहिले पुरै तयारी गर्नुस्। यो तयारीमा तपाईलाई सँधै अगाडि वढाउन मद्दत गर्छ तपाईको नेटवर्कले। आजको समयमा नेटवर्क यस्तो हतियार हो जसबाट तपाईको व्यवसायलाई धेरैथोरै अगाडि लैजान निकै मद्दत गर्छ। त्यसमाथि सुरुवाति चरणमा त यसले नै हो तपाईको सफलताको वाटो कोर्ने। जसको धेरै नेटवर्क हुन्छ उ नै धेरै सफल पनि हुन्छ। नेटवर्कले तपाईको बस्तु तथा सेवा बिक्री गर्न सजिलो बनाउँछ।

२.    प्यासन
कुनै पनि काम गर्नका लागि प्यासन एकदमै आवश्यक हुन्छ। किनभने प्यासन बिना तपाई कुनै पनि काम ठिक ढंगबाट गर्न सक्नु हुन्न। त्यसमाथि नेपालजस्तो अस्थिर र तरल राजनीति भएको देशमा त प्यासन हुन जरुरी नै छ।

३.    आत्मविश्वास
तपाईले कुनै व्यापार व्यवसाय थाल्नु भएको छ, तर नोक्शान भइरहेको छ भने नडराउनुहोस्। कुनै दिन पनि यो नसोच्नुस् कि बरु जागिर खाएर मेरा साथीभाइ माथि पुगे मैले पनि त्यसै गर्नु पर्ने रहेछ। आफूमाथि विश्वास गर्नुस्। आफूले गरेको निर्णयलाई सफल पार्न कुनै कसर बाँकी नराख्नुस्। आफूमाथि विश्वास भएन भने तपाई कतै पनि सफल हुन सक्नु हुन्न। त्यसैले अरुले हतोत्साहित गरे भने त्यस्ता कुरा नसुन्नुस्। के कारणले ब्यवसाय सफल भएन त्यसको मूल्यांकन गर्नुस् र ती गल्तिबाट पाठ सिकेर अगाडि वढ्नुस्।

४.    स्वस्थ रहनुस्
नेपालमा धेरै व्यवसायी छन् जसको दैनिकी निकै व्यस्त छ। तैपनि उनीहरु आफूलाई फिट राख्छन्। योगा, ब्यायाम, आहार विहारमा ध्यान पुर्याएर नै हो स्वस्थ रहने भनेको। पैसा तपाई त्यसबेला कमाउन सक्नु हुन्छ जुन बेला स्वस्थ रहनु हुन्छ। स्वस्थ मानिसमा आत्मवल हुन्छ। सही निर्णय लिन सक्छ र उ सफल हुन्छ।

५.    समयको व्यवस्थापन
सफल ब्यक्तिसँग पनि दिनमा २४ घण्टा नै हुन्छ। तर उनीहरु यही २४ घण्टालाई व्यवस्थापन गरेर अगाडि वढ्छन्। यदि तपाईले समय व्यवस्थापन गर्न सिक्नु भयो भने तपाईले हरेक काम सही समयमा राम्रोसँग गर्न सक्नु हुन्छ। समय व्यवस्थापन गर्न सक्ने मान्छे नै सफल हुन्छ।

६.    सही ब्यक्तिलाई छान्नुस्
कुनै पनि काममा सफलता आफ्नै वलवुताले मात्र नमिल्न सक्छ। सही व्यक्तिहरुको सहयोगले सफलतालाई धेरै नजिक ल्याउँछ। ब्यवसाय गर्न मानिसहरु चाहिन्छ। तर जोसँग मिलेर तपाई व्यवसाय गर्न खोज्दै हुनुहुन्छ वा गरिरहनु भएको छ, के ती व्यक्तिहरु तपाईका लागि ठिक छन् छ? यसमा विचार पुर्याउनुहोस्। को ठिक हो को ठिक होइन भन्ने कुरा निधारमा लेखेको हुँदैन। त्यसैले सही व्यक्ति छान्न ट्र्याक रेकर्ड हेर्नुस्। उसका बारेमा हरेक पाइलामा खोजबिन गर्नुस्। यसले तपाईलाई फाइदा पुर्याउँछ।

LEAVE A REPLY