भारतमा एक हजार र पाँच सयको नोट प्रतिबन्ध

525
भारत सरकारले ५ सय र एक हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएको छ। ५ सय र एक हजार रुपैयाँको नोट  बुधबारदेखि नचल्ने उसले घोषणा गरेको छ। प्रधानमन्त्री मोदीले मंगलबार साँझ सम्बोधन गर्दै राती १२ बजेदेखि सो नोट नचल्ने घोषणा गरेका हुन। मध्यरातबाट ५ सय र एक हजार रुपैयाँ वैध नहुने उनले बताए।
भष्ट्राचार र कालोधनलाई निरुत्साहित गर्नका लागि ५ सय एक हजार रुपैयाँको नोट बन्द गरेको भारतीय संचारमाध्यमहरुले बताएका छन्।  ५ सय र एक हजारको नोट पर्सि नोभेम्बर १० देखि डिसेम्बर ३० तारिखसम्म बैंकमा जम्मा गरेर सो रकमलाई वैध बनाउन सक्ने प्रधानमन्त्री मोदीले बताएका छन्।
५ सय र एक हजारको नोट बाहेक अरु सबै सिक्का र नोटहरु यथावत नै रहनेछन्। भारतीय एटीएमहरुले भोलि र पर्सीसमेत काम गर्ने छैनन्। ११ नोभेम्बरको राती बजेसम्म सबै सरकारी अस्पतालमा पुरानो ५ सयको नोट चल्नेछ। ७२ घन्टासम्म टिकट बुकिङ काउन्टर, सरकारी बस टिकट काउन्टर, हवाइ अड्डामा पुरानो नोट चल्ने छ।
५ सय र एक हजारको नोट बन्द गरेर भारत सरकारले २ हजारको नोट बजारमा ल्याउने जनाएको छ।

LEAVE A REPLY