मंगलको खाल्डोको नाम लाङटाङ

196
Loading...

Langtangkrater-

मंगलग्रहको सतहमा देखिएको एउटा खाल्डोलाई लाङटाङ नाम दिइएको छ । गत वर्षको विनाशकारी भूकम्पमा एकदमै प्रभावित नेपाली गाउँलाई उक्त खाल्डाको नामकरण निम्ति प्रयोग गरिएको हो ।

अन्तर्राष्ट्रिय खगोल युनियनले करिब ६ माइल चौडा उक्त खाल्डोलाई लाङटाङ नाम दिएको हो । अप्रिल २५ को भूकम्पले पदयात्राका लागि संसारभर प्रख्यात गाउंँलाई सखाप पारेको थियो, जसमा कम्तीमा २ सय १५ जना मारिए । भूकम्पले ल्याएको हिम पहिरोले गाउँ नै बगाएको हो ।

नेपाली गाउँप्रतिको समवेदना स्वरूप उक्त नामकरण गरिएको अनुसन्धानता जालिङ डी हासले बताए । उनी नेदरल्यान्डको उटरेच्ट विश्वविद्यालययमा फिजिकल जियोग्राफी अध्ययन गर्दै छन् ।

LEAVE A REPLY