मन्त्रीसहितको सरकारी टोलीमाथि बल्खुमा ब्यापारीको आक्रमण, ठूलो संख्यामा प्रहरी तैनाथ

220

805178843

काठमाडौं । राजधानीको बल्खुमा मन्त्रीसहितको अनुगमन टोलीमाथि व्यापारीहरुले आक्रमण गरेका छन् ।

आपूर्ति मन्त्री गणेशमान पुनको नेतृत्वमा सरकारी अनुगमन टोली मंगलबार विहान बल्खु तरकारी बजारमा पुगेको थियो । अनुगमन गर्न पुगेको टोलीले प्रमाणित नगरेका ढक र तराजुहरु उठाएपछि तरकारी व्यापारीहरुले आक्रमण गरेका हुन् ।

व्यापारीहरुले अनुगमन टोलीमाथि इट्टा, लौका, मुला र पानीको वोतलले आक्रमण गरेको आपूर्तिमन्त्रीका स्वकीय सचिव अर्जुनकुमार पाठकले जानकारी दिए ।
कालिमाटी तरकारी बजारको अनुगमन गरिसकेर आपूर्ति व्यवस्था विभाग, नापतौल तथा गुणस्तर विभाग, सुरक्षा निकायसहितको टोली बल्खु तरकारी बजारमा पुगेको थियो ।

जानकारी नदिएरै अकस्मात आएर अनावश्यक रुपमा दुःख दिएको भन्दै व्यापारीहरुले अनुगमन टोलीमाथि आक्रमण गरेका हुन् । मन्त्रीसहितको टोलीमाथि आक्रमण भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

LEAVE A REPLY