महाअभियाेग प्रस्ताव बिचैमा राेकेर सांसदहरूले बढाए अाफ्नै तलव, भत्ता र सुविधा

617

नेपालका सांसदहरूले अाफ्नाे हात जगन्नाथ भन्ने भनाइ फेरि एकपटक चरितार्थ गरेका छन् । महत्वपूर्ण ठानिएको अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफललाई थाँती राखेर अाफ्नाे तलब, सुविधामा वृद्धि गर्नेसम्बन्धी विधेयक पारित गरेर उनीहरूले याे भनाइ चरितार्थ गरेका हुन् ।

अब सांसद्हरुको पारिश्रमिक मासिक ४४ हजार रुपैयाँबाट बढेर ५५ हजार, आवास सुविधा साढे ६ हजारबाट झण्डै तेब्बरले बढेर मासिक १८ हजार, सञ्चार सुविधा खर्च मासिक ३ सय रुपैयाँबाट १० गुणाले बढेर ३ हजार र दैनिक बैठक भत्ता ५ सय रुपैयाँबाट बढेर १ हजार पुगेकाे छ ।

प्रमुख दलहरुको तर्फबाट विधेयकमा संशोधन प्रस्ताव हालेका सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संसद्का बहुमत सदस्यहरुको भावनालाई दृष्टिगत गरी तलब, सुविधामा वृद्धि गर्नेबारे आफूहरु टुंगोमा पुगेको दाबी गरे।

अब सांसद्हरुको पारिश्रमिक मासिक ४४ हजार रुपैयाँबाट बढेर ५५ हजार, आवास सुविधा साढे ६ हजारबाट झण्डै तेब्बरले बढेर मासिक १८ हजार, सञ्चार सुविधा खर्च मासिक ३ सय रुपैयाँबाट १० गुणाले बढेर ३ हजार र दैनिक बैठक भत्ता ५ सय रुपैयाँबाट बढेर १ हजार पुगेकाे छ ।

सभामुख ओनसरी घर्तीले ‘संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक २०७३’ लाई पारित गर्नका निम्ति प्रस्ताव पेश गर्न कानुन तथा संसदीय मामिलामन्त्रीलाई अजय शंकर नायकलाई समय दिएकी थिइन्।

मन्त्री नायकले प्रस्ताव पेश गरेपछि सभामुख घर्तीले उक्त प्रस्तावलाई सदनमा निर्णयार्थ प्रस्तुत गरिन्, “यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरुले हुन्छ भन्नुस्, यसको विपक्षमा हुने माननीय सदस्यहरुले हुन्न भन्नुस्।”

आफूहरुको तलब, सुविधा बढाउनुपर्ने पक्षमा बहुमत सांसद्हरु उभिएपछि सभामुख घर्तीले उक्त प्रस्ताव स्वीकृत भएको घोषणा गरिन्।

 

महंगी र मुद्रास्फितिसँग सामञ्जस्य मिलाउन तलब वृद्धि स्वाभाविक ठानिएपनि सदनमा सांसद्हरुको काम नगर्ने प्रवृत्तिमाथि आलोचना हुने गरेको छ।

 

LEAVE A REPLY