माओवादीबाट को–को बन्लान् मन्त्री

294

maiost-logo

काठमाडौं–नौ महिना अघि आफ्नै समर्थनमा बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउने पहलमा छ ।

नेपाली कांग्रेसका मन्त्रालय संख्या नै टुंग्याएर लगभग अब माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने अन्तिम तयारीमा छन् ।

नयाँ सरकार गठनका लागि संवैधानिक जटिलताबीच एकातिर बहस तातिरहँदा माओवादी केन्द्रभित्र भने अब बन्ने सरकारमा को–को मन्त्री हुने भन्ने गृहकार्यसँगै विवाद समेत चर्किरहेको खबर छ ।

नेपाली कांग्रेस र माओवादीबीच आन्तरिक सहमति अनुसार, काग्रेसलाई १३ र माओवादीलाई ९ मन्त्रालय बाँडिने भएको छ ।

तर, कुन दललाई कुन मन्त्रालय भन्ने विषय टुंगिएको छैन् । अध्यक्ष, प्रचण्डले दुवै दलका दोस्रो तहका नेताहरुलाई मनत्रालय टुंग्याउने जिम्मा दिएका हुन् ।

यता, माओवादीबाट को–को मन्त्री हुने भनेर कृष्णबहादुर महरासहितका नेताहरु गृहकार्यसमेत जुटेका छन् । आजको साँघु साप्ताहकिमा खबर छ ।

LEAVE A REPLY