मेसी बिनाको बार्सिलोना फेरि हार्‍यो

1039
Loading...

मेसी बिना खेलेको बार्सिलोना स्पेनिस ला लिगामा फेरि पराजित भएको छ। साविक विजेता बार्सिलोना लिग अन्तर्गत आइतबार राति भएको खेलमा सेल्टा डी भिगोसँग ४–३ ले पराजित भएको छ। लिगमा बार्सिलोनाको सिजनको यो दोस्रो हार हो। सेल्टाको मैदानमा पराजित भएको बार्सिलोनाले यो सँगै शीर्ष स्थानमा पुग्ने मौका गुमायो।

सेल्टाले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो। २२ औं मिनेटमा पिओने सिस्टो, ३१ औं मिनेटमा लागो एस्पासले गोल गर्दै सेल्टालाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि बार्सिलोनाका जेरेमी म्याथ्युले आत्मघाती गोल गरे।

दोस्रो हाफमा बार्सिलोनाले खेलमा फर्किने प्रयास गर्‍यो । मेसी बिना खेलेको बार्सिलोनाका लागि ५८ औं मिनेटमा जेराड पिके तथा ६४ औं मिनेटमा नेइमारले गोल गरेर खेल ३–२ को अवस्थामा ल्याए। तर ७७ औं मिनेटमा सेल्टाका लागि हर्नान्डेजले चौथो गोल गरे।

खेल सकिन तीन मिनेट हुँदा बार्सिलोनाका लागि पिकेले व्यक्तिगत दोस्रो गोल गरेपनि हारबाट जोगाउन भने सकेनन्। हारपछि सात खेलबाट १३ अंक भएको बार्सिलोना चौथो स्थानमा झरेको छ। यो खेलमा म्याथ्युले गरेको आत्मघाती गोल बार्सिलोनका लागि हारको कारण बन्यो।

LEAVE A REPLY