मैदानमै कोकेले रोनाल्डोलाई समलिंगी भनेपछि….

849

काठमाडौंः पोर्चुगिस् सुपर स्टार क्रिष्टियानो रोनाल्डो बेला बेलामा विवादका कारण चर्चामा आइरहन्छन्। चाहे त्यो प्रेमिकासँगको काण्डमा होस्, वा अरु कुनै विवादास्पद क्रियाकलापका कारण।

आइतबार राति भएको मड्रिड डर्बीमा ह्याट्रिक गरेपछि रोनाल्डो आफू फर्म रहेको भनेर पुष्टि गरे र चर्चामा पनि आए। मड्रिड डर्बीमा रियल मड्रिडलाई सानदार जित दिलाए भने डर्बीमा सबैभन्दा बढी १८ गोल गर्ने खेलाडीको कीर्तिमानी पनि बनाए।

तर, शहरी प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडका खेलाडी कोकेसँग खेल दौरानमा रोनाल्डो विवादमा अल्झिए। अहिले त्यही कारण फेरि विवादमा फसेका छन्। खेलका क्रममा कोकेसँग रोनाल्डोको हात हालाहालकै अवस्था सिर्जना भएको थियो। दुवैले हातले धक्याएपछि विवाद उत्कर्षमा पुग्यो।

पछि एथ्लेटिको मड्रिडका अन्य खेलाडीले रोनाल्डो र कोकेबीचको विवादलाई साम्य पारे। त्यसपछि रोनाल्डोलाई रेफ्रीले पहेंलो कार्ड दिए। रोनाल्डोसँगको विवादका बेला कोकेले रोनाल्डोलाई होमोसेक्सुअल समलिंगी भनेको स्पेनिस रेडियो क्याडेना कोपले बताएको छ।

स्पेनिस रेडियो कोपका अनुसार खेल सकिएपछि तीन पटकका बेलोन डि’अर विजेता रोनाल्डोले कोकेले आफूमाथि अपशव्द बोलेपछि आफू थप उत्तेजित भएको बताएका थिए। कोपका अनुसार रोनाल्डोलाई कोकेले समलिंगी भनेका थिए। त्यसपछि रोनाल्डोले कोकेलाई ‘हो म समलिंगी हुँ, तर धेरै धनी भन्ने जवाफ दिएको वताइएको छ।

उक्त खेलमा भने क्रिष्टियानो रोनाल्डोकै ह्याट्रिकको मदतमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३–० ले हराएको थियो। हारसँगै एथ्लेटिको मड्रिड रियल मड्रिडभन्दा स्पेनिस ला लिगा फुटबलको तालिकामा ९ अंकले पछि परेको छ।

LEAVE A REPLY