मोडल बन्न चाहन्छिन् तरकारीवाली

1183

गोरखा –‘ हेल्लो तकारीवाली बोल्या हो? ’, भुम्लीचोक –८ की १८ वर्षिया कुसुम श्रेष्ठको मोबाइलमा तारन्तार फोन आइरहन्छ । अपरिचित व्यक्तिले फेसबुकमा राखेको एउटा तस्विरले उनको परिचय फराकिलो भएको छ । दैनिकी बदलिएको छ । चिनेजानेका र छरछिमेकले समेत उनलाई तरकारीवाली भनेर संबोधन गर्न थालेका छन् । फोन गरेर बधाई दिने र भेट्न आउनेको धुइरो लागेको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ – कुसुम बिदाका दिन खेतीकिसानी गर्ने बाआमालाई सघाउँछिन् ।त्यही क्रममा क्रेटमा गोलभेडा बोकेर चितवन , फिस्लिङस्थित पृथ्वि राजमार्ग जोड्ने झोलुंगे पुल तर्दै गर्दा पत्तै नदिई कसैले उनलाई क्यामेरामा कैद गर्यो र तरकाी बिक्रि गर्ने भैरवी कृषि सहकारी संस्थामा भारी बिसाएर उनी मोवाइलमा बोल्न थालिन त्यहाँ पनि ति अपरिचितले अर्को फोटो खिच्न भ्याए ।
ती दुवै तस्विर अहिले समाजिक सञ्जाल हँुँदै सञ्चारमाध्यम सम्म फैलिएका छन् । ‘तरकारीवाली’का नामले देशविदेशमा चर्चित भएकी छन् कुसुम ।

kusum
कुसुमले पछि थाहा पाइन , फोटोग्राफर रुपचन्द्र महर्जनले उनको फोटो खिचेर कात्तिक १२ गते फेसबुकमा पोष्ट गरेका रहेछन् । १५ गते उनलाई ध्यालचोककी साथी अञ्जु रेग्मीले यसबारे जानकारी दिइन् । ‘फेसबुक त म पनि चलाउँछु तर साथीले भनेपछि मात्र थाहा पाएँ , उनले भनिन् । पृथ्वी राजमार्गबाट एक घण्टा पैदल दुरीको पहाडी गाँउस्थित उनको घरमा इन्टरनेट सुविधा छैन । मोबाइल फोनले समेत राम्ररी नेटवर्क टिप्दैन । कुसुम ४० बषिय चन्द्रलाल र ३८ बर्षिय ज्ञानु श्रेष्ठकी एक्ली सन्तान हुन । नचिनेको मान्छेले फेसबुकमा फोटो हालेको छ भनेपछि घरमा कराउनु भयो ,उनले भनिन् ‘पछि त घरमा पनि कुरा बुझ्नु भयो , मनमा डर हट्दै गएको छ ।

कुसुमले गत वर्ष ज्ञानमार्ग उच्च माविबाट सी प्लस श्रेण्ीमा एसएलसी उत्र्तिण गरेकी हुन । स्टाफ नर्स बन्ने सपना थियो , घरको आर्थिक अवस्थाले पढ्न सकिन , उनले भनिन् । अहिले चितवनस्थित काकाको घरमा बसेर किस्ट मोडल कलेजमा व्यवस्थापन पढ्दैछिन् उनी । अहिले दशै तिहार छुट्टीमा घर आएकी हुन । फिस्लिङ बजारमा दैनिक तरकारीको हाटबजार लाग्छ । त्यही झोलुंगे पुल तरेर सयौं किसान हाटबजार आइपुग्छन् ।

पाकिस्तानका चियावाला अरसद खान मोडल भएजस्तै कुसुमले पनि तस्बिरमा आफ्नै प्रशंसा बढेपछि मोडलिङ गर्ने सपना देख्न थालेकी छिन् । ‘खासै यहि बन्ने भन्ने सोचेकी थिइन , अबचाहिँ मोडल बन्नुपर्छ जस्तो लागेको छ, उनले भनिन् । सुरुमा तरकारीवालीका रुपमा प्रचार हुँदा केही धकाएकी कुसुमलाई अहिले त्यही परिचयमा सन्तष्टि मिल्न थालेको छ ।

LEAVE A REPLY