मोबाइलमा युट्युबको भिडियो कसरी डाउनलोड गर्ने ?

350

160608120822_you_tube_sign_624x351_youtube

स्मार्टफोनमा युट्युब मार्फत भिडियो हेर्ने बानीले डाटाको माग बढाएको छ । एउटै भिडियो धेरै पटक डाटाको प्रयोग गरेर हेर्दा खर्च झन बढेको छ । तर यस्तो भिडियो डानलोड गर्न सकिन्छ, जसले खर्च पनि कम हुन्छ ।

गुगल प्ले स्टोरमा युट्युबको भिडियो डानलोड गर्न सहयोग गर्ने विभिन्न एप्लिकेशन पाइन्छ । त्यस्तो एप्लिकेशन मोवाइलमा इन्स्टल गरेर सजिलै भिडियो डाउनलोड गर्न सकिन्छ । डाउनलोड म्यानेजर फर एन्ड्रोइड, फास्ट एचडी भिडियो डाउनलोडर, इजी ट्युब, वान्डरशेयर प्लेअर, इन्फिनिटी वेब ब्राउजर, डाउलोड म्यानेजर प्रोसहितका एप्लिकेशनले युट्युबको भिडियो डाउनलोड गर्न सहयोग गर्छन् ।
160608120926_you_tube_web_page_624x351_getty

यी मध्ये कुनै एक एप्लिकेशन इन्स्टल गरेर लन्च गरेपछि काम गर्न सुरु गर्छ । युट्युबमा कुनै भिडियो खोजेपछि त्यसलाई नेविगेट वा डाउनलोड गर्न सकिन्छ । डाउनलोड गर्न भिडियो छानेपछि देखिने हरियो रंगको ऐरोमा क्लिक गर्नु पर्छ ।

141119114401_smart_phone_and_mobile_app_640x360_afp_nocredit
त्यसपछि दिइएको विकल्प मध्ये कुनै एकमा क्लिक गरेर आफूले चाहे अनुसारको फर्म्याटमा भिडियो डाउनलोड गर्न सकिन्छ । डाउनलोड भएको भिडियो मोबाइलको ग्यालरी फोल्डरको भिडियोमा गएर बस्छ ।