यसरी खुल्यो गगन थापाको पोल

613

काठमाडौं, ७ मंसिर । स्वास्थ्यमन्त्री गगन थापाको दोहोरो चरित्र देखेर स्वास्थ्य मन्त्रालयकै कर्मचारी आश्चार्यमा परेका छन् । गत बिहिबारको एउटा घटनाले मन्त्री थापाको वास्तविक अनुहार छर्लङ्ग भएको छ ।

दृष्टि साप्ताहिकमा खबर छ– गत बिहीबार मन्त्री थापाले स्वास्थ्य पत्रकार मञ्च नेपालका पदाधिकारीहरुसँग छलफल कार्यक्रम राखेका थिए । जुन बैठकमा मन्त्री थापाले पत्रकारहरुसँग हात जोडेर पटक पटक माफी माग्नु परेको थियो ।

विदेश भ्रमणको सम्बन्धलाई लिएर आफूले गल्ती गरेको भन्दै उनले माफी मागेका हुन् ।

चीन्मा हुने स्वास्थ्य सम्बन्धी एक सम्मेलनमा दुई जना पत्रकारको कोटा आएको थियो । जसका लागि नाम छनौट गरी पठाउन मन्त्रालयले स्वास्थ्य पत्रकार मञ्चलाई पत्राचार गरेको थियो ।

सोही अनुसार मञ्चको बैठकले नेपाल समाचारपत्रकी भवानी तिमिल्सिना र गोरखापत्रका सरोज ढुंगेको नाम छनोट गरि मन्त्रालयमा पठाएको थियो । तर चीन भ्रमणमा भेन नागरिक दैनिकका दीपक दाहाल र स्वास्थ्य मासिकका अनिल न्यौपानेको नाम छनोट भएपछि पत्रकारहरु थापाविरुद्ध खनिएका थिए ।

एकातर्फ पत्रकारको मनोनयनका लागि भनेर मञ्चलाई पत्राचार गर्ने र अर्कोतर्फ त्यसलाई नमानी छुट्टै मनोनयन गरेपछि विवाद बढेको हो ।

सोही कार्यक्रममा उनले डा. गोविन्द केसीको अनशनको विरोध समेत गरेका थिए । जबकी मन्त्री हुनुभन्दा अगाडि मन्त्री थापा डा. केसीकै अभियान्ता थिए ।

मन्त्रालयमा सुधारको काम गरेको भनेर प्रचार गरेपनि उनका सहयोगीहरु भने पैसा उठाउन व्यस्त छन् । सचिवालयमा झन्डै एक दर्ज पीएहरु उनले नियुक्ति गरेका छन् ।

जसको काम ठेक्कापट्टमा लाइन मिलाउने र कर्मचारीको सरुवाबाट पैसा असुल्ने मात्र रहेको मन्त्रालय स्रोतले बताएको छ ।

LEAVE A REPLY