युरोकप फुटबल: पोर्चुगल र पोल्याण्डमध्ये को बलियो?

264
Loading...

timthumb (1)

यस्तो छ खेल इतिहास
फ्रान्समा जारी युरो कप फुटबलको पहिलो क्वाटर फाइनलमा पोर्चुगल र पोल्याण्डबीच आमनेसामने हुँदैछन्। नेपाली समयअनुसार बिहीबार राति पौने १ बजे खेल सुरु हुनेछ।

दुवै टोली एकले अर्कोलाई पन्छाउँदै सेमिफाइनल प्रवेश गर्ने दाउमा हुनेछन्। पोल्याण्डका स्टार स्ट्राइकर रोवर्ट लिवान्डोस्की र पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोमाथि सबै नजर पर्नेछ। अझ भन्ने हो भने यो भिडन्तलाई लिवान्डोस्की भर्सेज रोनाल्डोको रुपमा पनि लिइएको छ।

हेड टु हेड

–पोर्चुगल र पोल्याण्ड तेस्रो पटक ठूलो प्रतियोगितामा आमनेसामने हुन लागेका हुन्। पोल्याण्डले सन् १९८६ मा भएको विश्वकपमा पोर्चुगललाई १–० ले हराएको थियो भने २००२ को विश्वकपमा पोर्चुगलले पोल्याण्डमाथि ४–० को शानदार जित निकालेको थियो।

–पोल्याण्ड पोर्चुगलसँग खेलेका पछिल्ला तीन खेलमा अपराजित छ। जसमा एक खेलमा जित र दुईमा बराबरीको नजिता निकालेको छ।

–पोर्चुगल र पोल्याण्ड पछिल्लो पटक सन् २०१२ को फेब्रुअरीमा भिडेका थिए जुन खेल गोलरहित बराबरीमा सकिएको थियो।

पोल्याण्ड

–पोल्याण्ड १९८२ को विश्वकप फुटबलको सेमिफाइनलमा पुगे यता कुनै पनि ठूला प्रतियोगितामा सेमिफाइनल पुग्न सकेको छैन।

–पोल्याण्डले सन् १९८२ को विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई ३–२ ले र जारी युरोकपको अन्तिम १६ को खेलमा स्वीट्जरल्याण्डलाई हराउनु बाहेक ठूला प्रतियोगितामा जित हात पार्न सकेको छैन।

–पोल्याण्ड सबैभन्दा कम गोल गर्ने टोली हो, जसले क्वाटरफाइनलमा स्थान बनाउन चार खेलमा जम्मा तीन गोलमात्रै गरेको छ।

पोर्चुगल

–पोर्चुगल एउटामात्रै यस्तो टिम हो जो सन् १९९६ यताका सबै युरोकप फुटबल प्रतियोगितामा क्वाटर फाइनलमा स्थान बनाउँदै आएको छ।

–सातौं पटक युरोकप खेलिरहेको पोर्चुगललाई पाँचौ पटक सेमिफाइनलमा स्थान बनाउने मौका छ।

–पोर्चुगलले युरोपियन च्याम्पियनसिपमा सबैभन्दा बढी ३२ वटा खेल खेलेको छ तर अहिलेसम्म उपाधि जित्न सकेको छैन।

–पोर्चुगलले जारी युरोकपमा सबैभन्दा कम कार्ड खाने टोली हो जसले चार खेलमा तीनवटामात्रै कार्ड खानु परेको छ।

–रोनाल्डो सबैभन्दा बढी युरोकप खेल्ने खेलाडी हुन्। युरोकपमा सबैभन्दा बढी गोल गर्ने मिकेल प्लाटिनीभन्दा एक गोलले मात्रै पछि छन्। प्लाटिनीले युरो कपमा ९ गोल गरेका छन् भने रोनाल्डोले ८ गोल गरेका छन्। पोल्याण्डविरुद्धको खेलमा एक गोल गर्न सके रोनाल्डोले प्याटिनीसँगको कीर्तिमानी बराबरी गर्नेछन्।

LEAVE A REPLY