युरो : केही तथ्यहरु

225
Loading...

u

 युगोस्लाभिया सन् १९९२ को संस्करणको अन्तिम चरणका लागि छनौट भैसके पनि गृहयुद्धका कारण युरो च्याम्पियनसिप खेल्न वञ्चित भयो । त्यसको सट्टा छनौट चरण त्यही समूहको उपविजेता डेनमार्कले अन्तिम चरण खेल्ने अवसर मात्र प्राप्त गरेन अन्तत: उपािध नै जितेर घर लग्यो ।

 विश्वकप १९९४ मा छनौट हुन नसकेको इंग्ल्यान्डले १९९६ युरो च्याम्पियनसिपको आयोजना गर्न लागेको विषयलाई लिएर फ्रान्ज स्किनर तथा डेभिड बाडियलले ‘फुटबलको गृह आगमन’ भन्ने अमर वाक्य चर्चामा ल्याए ।

 नेदरल्यान्ड र बेल्जियममा पहिलो पटक संयुक्त रूपमा आयोजित २००० को युरो च्याम्पियनसिप जितेर १९८४ मा युरो च्याम्पियनसिप तथा १९९८ मा विश्वकप घरेलु मैदानमै जितेको फ्रान्सले घरबाहिर पनि महत्वपूर्ण प्रतियोगिता जित्न सक्षम छु भनेर प्रमाणित गर्‍यो ।

 २००४ को युरो च्याम्पियनसिपमा पोर्चुगल घरेलु मैदानमै उपाधि जित्ने चौथो आयोजक राष्ट्र बन्ने सौभाग्य नजिक पुगेर पनि ग्रिसलाई उपाधि सुम्पन्न बाध्य भयो ।

 २००८ को युरो च्याम्पियनसिपमा स्पेन समूह चरणका सबै खेल जित्दै युरो च्याम्पियन बन्ने फ्रान्स (१९८४) पछि दोस्रो राष्ट्र बन्यो । यस्तै १९९६ पछि अपराजित रहँदै युरो च्याम्पियनसिप जित्ने पहिलो टिम बन्यो ।

 इटालीले दुई पटक (१९६८, १९८०) र पहिलो संस्करण आयोजना गरेको फ्रान्सले यो पटक सहित सर्वाधिक तीन पटक (१९६०, १९८४ र २०१६) युरो च्याम्पियनसिपको आयोजना गर्दैछ ।

 खेलाडी र कोचका रूपमा युरो च्याम्पियनसिप जित्ने भाग्यमानी जर्मनीका बर्टी भोग्ट्स (१९७२ र १९९६) तथा फ्रान्सका लरेन्ट ब्लान्क (१९९८ र २०००) हुन् ।

 पश्चिम जर्मनीका हेल्मुट सोन विश्वकप (१९७४ र युरो–१९७२) पछि स्पेनका डेल बस्क विश्वकप–२०१० र युरो–२०१२ जित्ने दोस्रो प्रशिक्षक भए । हेल्मुट सोनले आफ्नो टिमलाई १९६६ को विश्वकप एवं १९७६ को युरोको फाइनलमा पुर्‍याए । ती दुवै फाइनलमा पराजित भए पनि उनले अद्भुत कीर्तिमान रचे ।

 युरो उपाधि जोगाउने एक मात्र राष्ट्र स्पेन हो (२००८, २०१२) । यसअघि १९६० को युरो विजेता सोभियत संघ र १९७२ को युरो विजेता तत्कालीन पश्चिम जर्मनीलगत्तैको फाइनलमा पुगे पनि पराजित भएका थिए । सोभियत संघ १९६४ को फाइनलमा आयोजक स्पेनसँग तथा जर्मनी १९७६ को फाइनलमा २–२ को बराबरीपछि भएको पेनाल्टी सुट आउटमा चेकोस्लोभाकियाबाट पराजित भएका थिए ।

 इकेर कासियास, सर्जियो रामोस, आन्द्रेयास इनियस्टा, जाबी हर्नान्डेज, सेस फाब्रिगास, फर्नान्डो टोरेस र जाबी अलोन्सो लगातार दुई पटक विजेता टिमका सदस्य (युरो २००८ र २०१२) थिए । यसैगरी जर्मनीका रेनर बोनहोफ पनि दुई फरक युरो (१९७२ र १९८०) का विजेता टिमका सदस्य थिए । लेभ यासिन, फ्रेन्क बेकनबाउर, सेप मायर, थोमस हास्लर, जर्गेन क्लिन्सम्यान, माथियास सामर आदि १३ जना खेलाडीले दुई पटक युरो फाइनल खेलेका थिए ।

 स्पेनले युरो–२००८, फिफा विश्वकप–२०१० तथा युरो–२०१२ ब्याक टु ब्याक जितेर इतिहास रच्यो । युरो–१९७२ र विश्वकप–१९७४ जितेको जर्मनी पनि यस्तो दुर्लभ अवसर आत्मसात् गर्ने सँघारमा थियो तर युरो–१९७६ को फाइनलमा चेकोस्लोभाकियाको हातबाट पराजित भयो ।

LEAVE A REPLY