राँची वनडेमा न्यूजिल्याण्डले भारतलाई हरायो

1371
Loading...

११ कात्तिक, काठमाडौं । राँची वनडेमा न्यूजिल्याण्डले भारतलाई १९ रनले हराएको छ र पाँच एकदिवसीय श्रृखलामा २-२ को बराबरी गरेको छ ।

चौथो एकदिवसीयमा जितका लागि २६१ रनको लक्ष्य पछ्याएको भारतीय टिम ४८.४ ओभरमा २४१ रन बनाएर आलआउट भयो । उसका लागि अजिन्क्या रहाणेले सर्वाधिक ५७ रन बनाए ।

विराट कोहलीले ४५ रन जोडे भने अक्षर पटेलले ३८ रनको योगदान दिए । न्यूजिल्याण्डका टिम साउदीले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउर २६० रन बनाएको थियो ।

उसका लागि ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ७२ रजन बनाए । कप्तान केन विलियम्सनले ४१ रन जोडे । एक समय न्युजिल्याण्डको स्कोर ३५ ओभरमा २ विकेटको क्षतिमा १८४ रन थियो । तर, भारतीय बलरहरुको कसिलो  बलिङका कारण अन्तिम १५ ओभरमा मात्र ७६ रन जोड्न सक्यो ।

स्पिनर अमित मिश्राले १० ओभरमा ४२ रन दिएर दुई विकेट लिए भने अक्षर पटेलले ३८ रन दिएर एक विकेट हात पारे ।

LEAVE A REPLY