सरकारको लाचारीका कारण मान्छे मार्ने उद्योग बने सडक : नयाँ शक्ति

639
Loading...

काठमाडौं, १२ असोज–नयाँ शक्ति नेपालले सरकारको लाचारी, यातायात व्यवसायीहरूको लापर्वाही र यात्रुहरूमा रहेको संचेतनाको कमीले सडक मान्छे मार्ने उद्योगको रूपमा विकास भइरहेको बताएको छ । धादिङको मार्पाकमा भएको बस दुर्घटनाको सन्दर्भमा नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले विज्ञप्ति प्रकाशित गरी सडक दुर्घटना न्युनिकरणका लागि तत्काल उपयुक्त कदम अगाडि बढाउन सरकारसँग माग गरेका ह्न् । ‘नेपालमा हाल रहेको ८१ हजार किमि सडकमा केवल ३० हजार किमि मात्रै सडक गुडाउन योग्य रहेको सम्बन्धित निकायले बताइरहेको बेला सरकारको लाचारी, यातायात व्यावसायीहरूको लापरवाही र यात्रुहरूमा रहेको सचेतनाको कमीले सडक ‘मान्छे मार्ने उद्योग’को रूपमा विकास भइरहेको छ,’ नयाँ शक्तिको विज्ञप्तिमा भनिएको छ । नयाँ शक्तिले दशैं र तिहारको मुखमा भएको हृदयविदारक दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र घाइतेको शिघ्रातिशिघ्र उपचार गर्न समेत सरकार समक्ष जोडदार माग गरेको छ । –

LEAVE A REPLY