सरकारद्वारा मंगलवार राती संसदमा संविधान संशोधन विधेयक दर्ता

386
Loading...

काडमाडौं १४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चर्को विरोधका बावजुद सरकारले मंगलवार राती संविधान संशोधन विधेयक दर्ता गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साझ अवेर बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन विधेयक दर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री राम कार्कीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले निर्णय गरेलगत्तै सरकारले संसद सचिवालय सिंहदरवारमा राती नै संविधान संशोधन विधेयक दर्ता गरेको हो ।

संशोधन विधेयकमा पाँच नम्बर प्रदेशका पहाडि जिल्लालाई चार नम्बर प्रदेशमा राख्न प्रस्ताव गरिएको छ । व्यबस्थापिका संसदको बिहिवार बस्ने बैठकमा सरकारले संविधान संशोधन विधेयक टेबल गर्ने बताएको छ ।

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान संशोधनमा समर्थन गर्ने जनाउ दिएपछि मन्त्रीपरिषद बैठकले संशोधन विधेयक दर्ता गरेको हो । रक्षा मन्त्री एवं नेपाली काग्रेसका नेता बालकृष्ण खाँडले संविधान संशोधन निर्णयमा असहमति जनाएका मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।

नेकपा एमालेलेका नेताहरुले सरकारले बलजफ्ती संविधान संशोधन विधेयक ल्याएर मुठभेड निम्ताउन खोजेको प्रतिक्रिया दिएका छन् ।

LEAVE A REPLY