सलमानकी बहिनीले हानिन् यी नायिकालाई थप्पड

411

pulkit-samrat

मुम्बई – लोकप्रिय अभिनेता सलमान खानले बहिनी मान्ने गरेकी श्वेता रोहिरा र पुलकित सम्राटको सम्बन्ध विच्छेद भइसकेको छ । बलिउडमा अहिले यामी गौतमका कारण उनीहरुको सम्बन्धमा दरार भएको चर्चा छ । चलचित्र सनम रेमा यामी र पुलकितले एकसाथ काम गरेका थिए । यसै चलचित्रपछि उनीहरुबीचको सम्बन्ध नजिकियो । यसपछि पुलकित र श्वेता टाण भए । तर पछिल्लो ८ महिनायता उनीहरु अलग छन् ।
सुटिङका दौरान श्वेताले थप्पड लगाइन् यामीलाई एक चर्चित वेभसाइटका अनुसार चलचित्र सनम रेको सुटिङका दौरान शिमलामा श्वेता पनि पुगेकी थिइन् । श्वेतालाई आफ्ना श्रीमान्सँग यामी नजिक भएको मन परेको थिएन । तर उनीहरु तीनैजना एकसाथ जिम जान्थे । एकदिन यामी र श्वेताबीच ठूलो विवाद भयो ।

विवादकै क्रममा यामीले कडा स्वरमा भनिन्–‘के तिम्रो श्रीमान्लाई मैले खोस्छु जस्तो लाग्छ ।’ यामीको कडा जवाफपछि उनीहरु थप चिढिए । त्यसपछि श्वेताले यामीलाई थप्पड हानिन् ।

यामी गौतम फेरि अर्को चलचित्रमा पुलकितसँगै देखिएकी छिन् । उनीहरुले एकसाथ चलचित्र जुनूनियतमा काम गरेका हुन् । यस चलचित्रमा यामी निकै कामूक देखिएकी छिन् । चलचित्रमा ऋषिता भट्टको पनि महत्वपूर्ण भूमिका छन् । यो चलचित्र २४ जूनमा रिलिज भइसकेको छ ।

LEAVE A REPLY