स्मार्टफोनमा अश्लिल सामग्री हेर्ने बानी छ ? होस् गर्नुस्

341

sex1

एजेन्सी ।
प्रविधिको विकाशसँगै हात हातमा स्मार्टफोन र ट्याव सामान्य विषय भैसक्यो । यस्ता चिजहरुले कहिले काँहि हामीलाई नैतिकरुपमा संकटमा पनि पार्न सक्छन् । नजान्दा नजान्दै तपाइँ कानूनको फन्दामा पनि पर्न सक्नु हुन्छ ।

यस्ता प्रविधि र सामाजिक सञ्जालका कारण अश्लिलता पनि सस्तो भएको छ । स्मार्टफोनमा पोर्न हेर्ने बानी छ भने सचेत हुनुस् । पोर्न हेर्ने बानी परेपछि मानिसहरु हरेक कुरामा पोर्न सर्च गर्ने गर्छन् । यस्ता पोर्न साइट खोल्दा कुनै समस्या नभएपनि त्यसबाट तपाइँको स्मार्टफोनमा भित्रिने भाइरसले भने तपाइँलाई नैतिक र कानुनी झन्झटमा पुर्‍याउन सक्ने विज्ञहरुले बताएका छन् ।

कतिपय पोर्न साइटहरु खोल्दा तपाइँको मोबाइलमा आफ्से आफ कुनै ब्याकग्राउन्ड साइटहरु खुल्छन् र साथीहरुलाई ट्याग गर्दै अश्लिल सामग्री पोष्ट समेत हुन सक्छ ।

कतै तपाईँको फोटो पोर्न साइटमा त छैन?

कसैलाई पनि सामाजिक सञ्जालमा सहमति विपरित अश्लिल सामग्री ट्याग गर्नु वा पठाउनु कानून विपरित हुन्छ । तपाइँले नजान्दा नजान्दै गरिएको यो कामले तपाइँलाई कानूनी झन्झटमा पुर्‍याउन सक्छ । तपाइँले खोलेका अश्लिल साइटहरुले तपाइँलाई अन्जानमै साइवर अपराधी बनाइदिन सक्छन् ।

कम्प्युटरमा पनि त्यस्तै !

खासगरी अश्लिल तस्विर वा लिङ्क देख्ने वित्तिकै क्लिक गर्ने बानी भने आजै देखि छोड्नुस् । फेसबुकमा देखिने अश्लिल लिङ्कहरु निक्कै घातक हुन सक्छन् । यस्ता साइट क्लिक गर्दा तपाइँको कम्युटर कामै नगर्ने हुन सक्छ । पछिल्लो समयमा फेसबुकमा पोर्न लिङ्क क्लिक गरेकै कारण १ लाख भन्दा बढी कम्प्युटर प्रभावित भएको तथ्याङ्कले देखाएको छ । फेसबुकमा राखिने यस्ता लिङ्क क्लिक गर्दा कम्प्युटरमा अनेक समस्या आइरहेका छन् ।

LEAVE A REPLY