‘स्वतन्त्र गुट’ अस्तित्व खोज्दै सिटौला

7990
Loading...

krishna-prasad-sitaula-copy-700x337

काठमाडौं, २१ भदौ –भदौको अन्तिम साता हुने महिला संघ र असोजको पहिलो साता हुने तरुण दलको महाधिवेशनमा कांग्रेसको कृष्ण प्रसाद सिटौला पक्षले एकल चुनाव लड्ने भएको छ । कांग्रेसमा ‘स्वतन्त्र गुट’ को अस्तित्व स्थापित गर्न सिटौला पक्षले तरुण दल र महिला संघमा एक्लै निर्वाचन लड्ने तयारी गरेको आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
त्यसका लागि सिटौला पक्षले गृहकार्य निकै तीव्र बनाएका छन् । सिटाला पक्षधर नेताले तरुण दल र महिला संघका चुनावमा एक्लै लडेर आफ्नो शक्ति देखाउने तयारी गरेका हुन् । सिटौला पक्षधर नेताहरूले सोमबार काठमाडौंमा तरुण दलका महाधिवेशन प्रतिनिधिहरूको बृहत् भला गरेको थियो ।

LEAVE A REPLY