२५ वर्षे कान्छी प्रेमिकासँग बिहे गर्दै पेले

567

Pele-with-girlfriend-Marcia-Cibele-Aoki

काठमाडौं । ब्राजिलियन फुटबल लेजेन्ड पेलेले तेस्रो विवाह गर्ने भएका छन् । र, ७५ वर्ष उनले आफू भन्दा २५ वर्ष कान्छी जापनिजलाई दुलही बनाउन लागेका हुन् ।

पेलेले मासिया सिबेलो अओकीसँग शनिबार बिहे गर्दैछन् । र,साओ पाओलोको ग्वारुजामा सानो समारोहका बीच विवाह सम्पन्न हुन लागेको द सनले जनाएको छ ।

पेले र मासिया सिबेलो अओकी पछिल्लो ६ वर्षदेखि प्रेममा छन् । उनीहरुले पहिले नै विवाहको योजना बनाएका थिए । तर, पेलेको स्वास्थ्यमा समस्या आएपछि सरेको थियो ।

पेले र उनकी प्रेमिकाबीच न्यूयोर्कमा एक पार्टीका क्रममा २००८ मा भेट भएको थियो । तर, २०१० देखि प्रेम सम्वन्धमा छन् । पेलेले आफ्नो प्रेमिका अओकीलाई पहिलो पटक २०१२ मा मोनाकोमा भएको एक फुटबल अवार्ड समारोहमा सार्वजनिक गरेका थिए ।

पेलेको पहिलो श्रीमतीबाट तीन छोराछोरी छन् । दोस्रो श्रीमतीबाट दुई सन्तान छन् ।

LEAVE A REPLY