अत्यधिक वर्षाले पुल बगाएपछि दुई वडाबासीबीच सम्पर्क टुट्यो

0
41

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने पुल भाँच्चिदा वडाबासीबीच सम्पर्क टुटेको छ । अबिरल वर्षाका कारण तिला नदीमा पानीको बहाव बढ्दै गएपछि पुल भत्किएको हो ।

१ दशक पहिले काठले निर्माण गरिएको पुल जिर्ण बन्दै गएको थियो । पानीले पुल भत्काएपछि वडा नम्बर ४ र ५ का नागरिकबीच सम्पर्क टुटेको हो । पुलको भौतिक क्षति भएको तर कुनै पनि मानवीय क्षति भएको छैन ।

पुल भत्किएपछि वडा नम्बर ४ मा अध्ययन गर्ने, विद्यार्थी, काम विषेशले वारपार गर्ने नागरिकलाई समस्या भएको स्थानीय गगन कामीले बताए । प्रमुख जिल्ला अधिकार दुर्गा बञ्जाडेले पुल भत्किएको क्षेत्रमा नागरिकको सुरक्षाको लागि सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिइन् । उनले स्थलगत अवलोकन पछि बैकल्पिक उपायको खोजी गरेर समस्या समाधानको पहल गरिने बताइन् ।

वडा नम्बर ४ का अध्यक्ष धिरज जैशीका अनुसार एक्कासी आएको पानीका कारण सम्पर्क नै टुटेकोले बैकल्पिक उपाय खोजीने बताए । मौसम पुर्वानुमान महाशाखाले पनि जुम्लामा वर्षाको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

एक उत्तर छोड्न