अन्तिम १५ मिनेटमा तीन गोल गर्दा अर्जेन्टिना जोगियो

0
64

एजेन्सी, अमेरिका । फिफा महिला विश्वकपमा अर्जेन्टिना हारबाट जोगिएको छ । अन्तिम १५ मिनेटमा तीन गोल गरेपछि अर्जेन्टिनाले स्कटल्यान्डलाई ३–३ गोलको बराबरीमा रोकेको हो । स्कटल्यान्डले १९औँ मिनेटमा किम लिटिलको गोलबाट अग्रता लिएको थियो ।  पहिलो हाफमा यही गोलको अग्रता लिएको स्कटल्यान्डले ४९औँ मिनेटमा दोस्रो गोल र्गयो । जेनिफर बिटीले गोल गर्दै स्कटल्यान्डको अग्रता २–० मा लम्ब्याइन् । ६९औँ मिनेटमा इरिन कटबर्टले गोल गरेपछि स्कटल्यान्डले तीन गोलको अग्रता लियो । तर अर्जेन्टिनाले अन्तिम १५ मिनेटमा तीन गोल ग¥यो । ७४औँ मिनेटमा मिलाग्रोस मेनेडेजले गोल गरिन् ।

त्यसपछि ७९औँ मिनेटमा गोलपिकर लि अलेक्सान्दरले आत्मघाती गोल गर्न पुगिन् । क्रशबारमा लागेको बल गोलकिपरलाई ठोकिएर गोल भएपछि अर्जेन्टिनाले स्कटल्यान्डको अग्रता ३–२ मा छोट्यायो । इन्ज्युरी समयको अन्तिम मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पायो । पहिलो पेनाल्टी प्रहार लिग अलेक्सान्दरले रोकेकी थिइन । तर, भीएआरले गोलकिपरको गल्ति देखाएपछि फेरि लिइएको पेनाल्टीलाई मारिया बोन्सेगुन्डोले गोल गर्दै अर्जेन्टिनाको नकआउट चरणको झिनो आशा कायम राखिन् ।

समूहमा अर्जेन्टिनाको दुई बराबरीबाट २ अंक छ । स्कटल्यान्डको एक अंकमात्र छ । समूह डी अन्तर्गतको खेलमा स्कटल्यान्ड र अर्जेन्टिनाले अंक बाँड्दा पराजित भएको जापानलाई फाइदा भएको छ । जापान समूहको उपविजेता बन्दै प्रिक्वार्टर फाइनलमा पुगेको छ । अन्तिम खेलमा जापान इंग्ल्याण्डसँग २–० ले पराजित भयो । इंग्ल्यान्डलाई जित दिलाउनका लागि एलिन ह्वाइटले दुई गोल गरिन् । ह्वाइटले १४औँ र ८४औँ मिनेटमा गोल गरेकी थिइन् ।

एक उत्तर छोड्न