आठौं राष्ट्रिय खेलकूदका छनोट चरणका खेल सुरू

0
35

अन्तर्गत बुटवलमा पनि छनोट चरणका खेलहरू सुरू भएका छन्। बुधबारदेखि सुरू भएको खेलकूदमा लन टेनिसतर्फका छनोट चरणका खेलहरू सम्पन्न भएका छन् ।

बुटवल देविनगरस्थित लन टेनिसको खेल मैदानमा भएको प्रतियोगिताको एक प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरेका हुन्।

सिंगलतर्फ भएको खेलमा एनआरएनका संरक्षण भुषण दाहालले प्रदेश नं. ५ का भिष्म काउछालाई ६–०, १–६ ले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेका छन्।

त्यसैगरी एनआरएनकै दावा शेर्पाले सञ्जय प्रकाश श्रेष्ठलाई ६–२, शून्यका विरूद्ध ५ सेटले हराउँदै अर्को चरणमा प्रवेश गरेका छन्।

बुधबारै एनआरएन, प्रदेश नं ५, प्रदेश नं ३ र एफिएफ, आर्मी तर्फका एक/एक खेल सम्पन्न भएका छन् ।

आठौं राष्ट्रिय खेलकूदको औपचारिक उद्घाटन वैशाख ५ गते हुने भए पनि ५ वटा खेल भने पूर्वनिर्धारित तालिका अनुसार बुधबारदैखि नै सुरू गरिएको हो ।

बृहत राष्ट्रिय खेलकूदको पहिलो, दोस्रो र तेस्रो संस्करणबाहेक दुई वर्षको अन्तरालमा पहिलो पटक राष्ट्रिय खेलकूद भएको हो ।

बुटवलमा जारी लन टेनिसमा प्रदेश ३, ४, ५, आर्मी, एपीएफ र एनआरएनबाट खेलाडीहरु सहभागि भएका छन् ।

पुरुष/महिला सिंगल्स, डबल्स तथा मिक्स डबल्स गरी ७ प्रतिस्पर्धामा भिडन्त हुनेछ । वैशाख २ गतेसम्म चल्ने प्रतियोगतामा २८ पुरुष र १५ महिला खेलाडीले सहभागिता जनाएका छन् । त्यसमा एनआरएनएबाट ३ पुरुष खेलाडी संरक्षक भूषण बज्राचार्य र अमृत पौडेल तथा दावा शेर्पा रहेका छन् ।

राष्ट्रिय खेलकूद अन्तर्गत लन टेनिससँगै सर्ट टेनिस, क्रिकेट लगायतका ६ वटा खेल रुपन्देहीमा हुने बताइएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष योग गुरुङ लगायतले शुभकामना मन्तव्य दिँदै रुपन्देहीमा हुने खेलकूदले रुपन्देहीको मात्र नभई सिंगो प्रदेशकै मान बढाउने भएकोले भव्य रूपमा खेल सम्पन्न गर्नुपर्ने बताएका थिए ।

एक उत्तर छोड्न