आर्मी बन्न चाहन्थे डेनी: यी अभिनेत्रीको सुझावमा फेरेका थिए नाम, जान्नुस उनका १० खास कुरा

0
81

बलिउडमा खलनायकी भूमिकामा पृथक परिचय बोकेका डैनी डेङ्जोम्पा सोमबारबाट ७१ वर्ष लागेका छन्। उनी सन् १९४८ को फरबरी २५ मा सिक्किममा जन्मिएका हुन्। सिक्किमका स्थानिय भुटिया समुदायका डैनी अभिनेता मात्र नभइ गायक समेत हुन्। उनले नेपाली तथा हिन्दी भाषामा गीत गाएका छन्। उनले गाएका नेपाली गीत आज पनि नेपाली श्रोतामाझ उत्तिकै चर्चित छन्। ‘रातो रानी फूलेझैं साँझमा’, हिउँभन्दा चिसो’, ‘आगे आगे तोपैको गोला’, ‘सुन कथा एउटा गीत’, ‘समय पंक्षी हो’ आदि उनले गाएका चर्चित नेपाली गीतहरू हुन्।

दर्जनौ बलिउड सिनेमा खेलेका डैनीले आफ्ना भान्जा उगेन छोपलको निर्देशनमा एउटा नेपाली सिनेमा काम गरेका छन्। उनले काम गरेको सो सिनेमाको नाम ‘साईनो’ हो। भुवन केसी तथा तृप्ति नाडकरले सो सिनेमा प्रमुख भूमिकामा काम गरेका थिए।

उनै डैनीका चर्चित १० तथ्य यस्ता छन्:

  • उनको जन्म सिक्किमको ग्यान्टोकमा भएको हो। उनले नैनीतालबाट आफ्नो स्कूले शिक्षा पूरा गरेका थिए भने दार्जिलिङ्बाट कलेजको पढाइ गरेका थिए।
  • उनी घोडा र घोडाचढीका सौखिन हुन्। उनको परिवार घोडाको नश्ल सुधारको काममा सम्बन्धित थियो। उनी अभिनेताका साथमा राम्रा लेखक, चित्रकार, मूर्तिकार र गायक पनि हुन्। ‘शोले’ सिनेमाको लागि उनी ‘गब्बर’को भूमिकामा पहिलो रोजाइ थिए। उनले नगरेपछिमात्र सो भूमिका अमजद खानले गरेका हुन्।
  • ‘शोले’मा निर्देशक रमेश सिप्पी डैनीलाई खेलाउन चाहन्थे तर त्यतिबेला उनी फिरोज खानको सिनेमा ‘धर्मात्मा’को सुटिङका लागि बाहिर व्यस्त थिए। सोहि कारणले उनले बलिउड सिनेमाको ‘आइकोनिक’ खलनायकको भूमिका गर्न पाएनन्।
  • डैनी खासमा भारतिय सेनामा भर्ती हुन चाहन्थे। उनी सेनाका लागि छनौट पनि भएका थिए तर फिल्म एण्ड टेलिभिजन इन्सिटियूट अफ इन्डियामा जानेभएपछि उनी आर्मी भर्ति भएनन्।
  • उनले जया बच्चनको सल्लाहमा आफ्नो नाम फेरेका थिए। उनको खास नाम शेरिङ् फित्सो डेङ्जोङ्पा हो। एफटिटिआइमा उनको नाम उच्चारण गर्न उनका साथीहरूलाई कठिन पर्थ्यो। त्यसैले जयाको सल्लाहमा नाम फेरे।
  • डेनीको पहिलो सिनेमा ‘जरूरत’ थियो। उनले चर्चा भने गुलजारको सिनेमा ‘मेरे अपने’बाट पाए। उनी सन् १९७३ मा पहिलोपटक ‘धुन्ध’ सिनेमामा खलनायक बने। तत:पश्चात उनको खलनायकी चरित्रले लामो समय बलिउडमा राज गर्‍यो।
  • उनी अभिनित ‘अग्नीपथ’ सिनेमाले जति चर्चा अमिताभलाई दिलायो, त्यति नै चर्चा डेनीले सो सिनेमा गरेको ‘कान्चा चिना’ पात्रबाट बटुले।
  • उनले सन् १९९६ मा ‘घातक’ सिनेमामा गरेको ‘कात्या’ पात्रमा गरेको कामको असर हुनुपर्छ उनीसँग दर्शक वास्तविक जीवनमा पनि डराउँथे।
  • भिलेनसँगै डेनी आफ्नो समयमा बाबुको भूमिकामा पनि उत्तिकै कुशलढंगले देखिए।
  • उनले आफ्नो शानदार अभिनयका लागि भारत सरकारले दिने पद्मश्री पुरस्कारसमेत पाएसकेका छन्।

एक उत्तर छोड्न