आर्सनलसँग भ्यालेन्सिया ३-२ ले पराजित

0
101

ईङ्लिस क्लब आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा ३-१ ले पराजित गरेको छ।

बिहिबार घरेलु मैदानमा सहज जित निकाल्ने क्रममा आर्सनलका लागि एलेक्ससान्द्र लाकाजेट्टीले दुई तथा पिएरे हेनरिक मिदटारियले गोल गरे।

यस्तै भ्यालेन्सियाका लागि एकमात्र गोल मौकटार डियाखावीले गरेका थिए।

हिजोको खेलमा पहिलो अग्रता भने भ्यालेन्सियाले खेलको ११ औं मिनेटमा लिएको थियो।

Image result for Alexandre Lacazette scored twice as Arsenal came from behind at Emirates Stadium to win the first leg of their Europa League semi-final against Valencia.

उसको सो अग्रतालाई आर्सनलका लाकाजेट्टीले खेलको १८ औं मिनेटमा बराबरी गरिदिए। त्यसपछि उनले खेलको २५ औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै आर्सनललाई पहिलो हाफ सकिंदा २-१ को अग्रता दिलाए।

यसैगरी भ्यालेन्सियालाई ३-१ ले पराजित गर्ने क्रममा आर्सनलले तेश्रो गोल खेलको ९० औं मिनेटमा गर्‍यो। सो गोल हेनरिकले गरे।

दुबैले दोश्रो लेग मे १० भ्यालेन्सियाको घरेलु मैदानमा खेल्नेछन्। घरेलु मैदानमा पाएको यस जितले आर्सनलको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ।

एक उत्तर छोड्न