इङ्ल्यान्डको विश्वकप टोली छनोट

0
40
Indian cricket captain Virat Kohli, right, and head coach Ravi Shastri attend a press conference before the team's departure for the Cricket World Cup in Mumbai, India, Tuesday, May 21, 2019. The cricket world cup will run from May 30 to July 14 in Britain. (AP Photo/Rafiq Maqbool)

एजेन्सी, लन्डन । विश्वकप क्रिकेट सुरु हुन केही दिन मात्रै बाँकी हुँदा इङ्ल्यान्डले विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । मंगलबार इङ्ल्यान्ड क्रिकेट बोर्डले घोषणा गरेको टोलीमा जोफ्रा आर्चर, टम करन, लायम डसन पर्दा डेविड विली र जो डेन्ली भने टिममा परेनन् ।

बार्बाडोसमा जन्मिएका आर्चर गएको मार्चमा मात्रै इंग्लिस टोलीमा छानिएका थिए । उनी इङ्ल्यान्डबाट तीन वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेपछि नै विश्वकप खेल्ने टोलीमा समावेश भएका हुन् । विश्वकप अगाडि इङ्ल्यान्डले आगामी शनिबार अस्ट्रेलिया र सोमबार अफगानिस्तानसँग खेल्नेछ । आगामी ३० मेमा ओभलमा दक्षिण अफ्रिकाविरुद्ध हुने खेलबाट इङ्ल्यान्डले विश्वकपको यात्रा सुरु गर्नेछ ।

यसपटक इङ्ल्यान्डको विश्वकप टोलीमा इयान मोर्गन (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेयरस्ट्रो, जोस बटलर, टम कुरान, लियाम डसन, लियाम प्लङकेट, अदि रसिद, जोय रुट, जेसन रोय, बेन स्टोक्स, जेम्स भिन्स, क्रिस वक्स र मार्क वुड छन् । इङ्ल्यान्ड क्रिकेट टोलीका प्रमुख छनोटकर्ता एड स्मिथले मंगलबार तीव्र गतिका बलर जोफ्रा आर्चरलाई अदुभूत क्षमताकै कारण इङ्ल्यान्डको विश्वकप टोलीमा समावेश गरिएको बताएका छन् ।

विश्वकपका लागि इङ्ल्यान्डको अन्तिम टोलीमा समावेश गर्दै छनोटकर्ता स्मिथले आर्चरलाई महत्वपूर्ण खेलाडीको रूपमा राखिएको बताएका हुन् । बार्डडोसमा जन्मिएका आर्चरलाई घरेलु मैदानमा खेलिएको तीन एकदिवसीय खेलमा गरेको प्रदर्शनको आधारमा विश्वकपको अन्तिम टोलीमा छनोट गरिएको हो । पाकिस्तानविरुद्धको खेलमा आपूmलाई प्रमाणित गरेपछि आर्चरले दोस्रो चरणबाट विश्वकपको ढोका खोल्न सफल भए ।

लर्ड्समा मंगलबार सार्वजनिक भएको १५ सदस्यीय टोलीमा आर्चरले स्थान बनाउँदा अर्का तीव्र गतिका बरल डेविड विली भने बाहिरिएका छन् । भेट्रान बलर विलीले ४६ एकदिवसीय क्रिकेट खेलका छन् । पाकिस्तानविरुद्ध इङ्ल्यान्डले ४–० को जित निकाल्दा विली र आर्चर दुवै टोलीमा समावेश थिए । तर, आर्चरले मात्र छनोटकर्ताको मन जित्न सफल भए ।

पार्ट टाइमर स्पिनर एवम् ब्याट्सम्यान जोय डेन्लीलाई ह्याम्पसायरका बलर लियाम डासन प्रतिस्थापन गरेका छन् । इयान मोर्गनको कप्तानीमा रहेको इङ्ल्यान्डको प्रारम्भिक विश्वकप टोलीमा डेन्ली र विली दुवै थिए । उनीहरूसँगै ओपनिङ ब्याट्सम्यान एलेक्स हल्स पनि दोस्रो चरणबाट भने बाहिरिएका छन् । यद्यपि, काँधमा चोटका कारण उपचार गराइरहेका अदिल रसिद भने टोलीमा फर्किएका छन् ।

हल्समाथि प्रतिबन्धित औषधी सेवनका कारण प्रतिबन्ध लागेपछि पाकिस्तानविरुद्धको खेलमा रहेका जेम्स भिन्सले अवसर पाएका छन् । यता, इङ्लिस बाबु र क्यारेबियन आमाका छोरा रहेका आर्चरलाई विश्वकपको टोली समावेश गर्ने बारे मतभेल भए पनि अन्तत् उनले अवसर पाए । ‘हामीले पाकिस्तानविरुद्धको खेलमा आर्चरको क्षमता देखिसकेका छौँ,‘प्रमुख छनोटकर्ता स्मिथले भने,‘उनीसँग निकै क्षमता छ । जुन हामी सबैले पनि देखिसकेका छौँ । उनको बलिङको गति, बाउन्स र क्षमता नै छनोटका आधार हुन् ।

अन्तर्राष्ट्रिय खेलमा अनुभवको कमि भए पनि आर्चरले विश्वकपका लागि आफू पूर्णरूपमा तयार रहेको बताएका छन् । ‘यो अवसरका लागि विगत सात वर्षदेखि प्रतिक्षारत थिए,’ २४ वर्षे आर्चरले भने,‘तर गत डिसेम्बरमा आशाविपरीत भयो । यद्यपि, अब अवसर पाइसकेको छ । आफ्नो क्षमता प्रदर्शनका लागि त्यो क्षणको प्रतिक्षामा छु ।’ आर्चरले आफू पूर्णरूपमा तयार रहेको बताउँदै जस्तो सुकै दबाब पनि सहजै पार गर्ने दाबी गरेका छन् ।

भिन्न कोणबाट बलिङ गर्न सक्ने क्षमता भएका विलीलाई प्रतिस्थापन गरेका आर्चरले स्लोअर गतिबाटै आफूलाई प्रमाणित गर्न सफल भए । आर्चर १४५ किलोमिटर प्रतिघन्टाको गतिमा बलिङ गर्न सक्छन् । प्रारम्भिक छनोट अघि पनि विलीलाई आर्चरले प्रतिस्थापन गर्ने चर्चा चलेको थियो । यद्यपि, विलीले सुरुआतमा सफलता प्राप्त गरेका थिए । तर, अन्तिम चरणमा भने आर्चर सफल भए ।

एक उत्तर छोड्न