इबोलाबाट कंगोमा १ हजार ९६५ जनाको मृत्यु

0
36

जेनेभा। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा १ हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट गरेको छ । डब्लूएचओका स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले मध्य जुनसम्म झन्डै ८० जना नयाँ रोगी फेला परेका बताए । उनले पछिल्ला दुई–तीन सातादेखि नयाँ संक्रमित बिरामीको संख्या घट्दै गएको बताए । उनले भने, ‘यो प्रवृत्तिमा निरन्तर कमी आउने अपेक्षा गरिएको छ ।’

डब्लूएचओले यस रोगसँग जुध्न ६७० जना बढी कर्मचारी कंगोमा खटाएको छ । उनले भने, ‘केही क्षेत्रमा हामीले राम्रै प्रगति गरेका छौं । हामीसँग खोप पनि उपलब्ध छ । निगरानी र खोपका कारण यो रोग तीव्र गतिमा अहिले फैलिन पाएको छैन ।’ कंगोमा यो रोग सबैभन्दा बढी घातक मानिएको छ । पछिल्लो समय कंगोको उत्तरी सहर मम्बासामा यो रोग देखिएकाले सबैलाई चिन्तित बनाएको डब्लूएचओले जनाएको छ ।

एक उत्तर छोड्न