उखु किसान र चिनी उद्योग सहमति

0
194

उखु किसान र चिनी उद्योग सहमति

काठमाडौं  ।  उखु किसान र चिनी उद्योगबीच सहमति भएको छ । उखु किसान र चिनी उद्योगबीच बुधबार दुई पक्षीय वार्ता मिलेपछि चिनी मिल सञ्चालन गर्ने समहति भएको हो । चालू आर्थिक वर्षका लागि नेपाल सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको थियो । सरकारले उखुको मूल्य तय गरे पनि उद्योगीले चिनीको बजार मूल्य उखुको मूल्यको अनुपातमा कम भएको र उद्योगीले निकै घाटा बेहोर्नुपर्ने भन्दै उद्योग सञ्चानमा नल्याउने अडान चिनी उद्योगी राख्दै आएका थिए ।

महोतरीको बर्दीवासस्थित गौतम होटेलमा किसान प्रतिनिधि र चिनी उत्पादक संघका पदाधिकारीबीच भएको बैठकमा सरकारले तय गरेको मूल्यमा उखु खरिद गर्ने, किसानको भुक्तानी ३० देखि ४५ दिनमा तालिका निकालेर उपलब्ध गराउने, किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने र सुगर उद्योगले उत्पादन गरेको चिनी किसान प्रतिनिधिको दबाबमा सरकारले समय मै उचित मूल्यमा बिक्रीवितरण गराउने र उद्योगीलाई पनि सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने सहमति भएपछि उद्योगीहरू मिल चलाउन सहमत भएको बैठकमा सहभागी रौतहट उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले बताएका छन् ।

चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल र उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीको रोहवरमा भएको बैठकमा चिनी उत्पादक संघका उपाध्यक्ष राजकुमार अग्रवाल, सचिव राजेहकुमार केडिया, कोषध्यक्ष जगदीश अग्रवाल, उद्योगीहरू हितेश गोल्छा, शुभम केडियालगायतका उद्योगी र तराई मधेसका जिल्लाका उखु उत्पादक किसान संघका प्रतिनिधि सहभागी भएका थिए ।

एक उत्तर छोड्न