उदाउँदो सूर्यलाई अर्घ दिएर तराई लगायत पहाडी जिल्लामा छठ पर्वको समापन

0
136

काठमाडाैं। सूर्यको आराधना गरेर मनाईने छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ दिइएको छ ।

तराईका अधिकांश जिल्लासहित काठमाडौं उपत्यका र पहाड केही जिल्लाहरुमा हर्षोल्लासका साथ छठ मनाइएको हो । उदाउँदो र अस्ताउदो सूर्यको उपासना गरी मनाइने यो पर्वमा व्रतालु महिला पुरुषले चोखो नितो बसेर पूजाआजा गरेमा पारिवारिक सुख, समृद्धि र रोगव्याधीबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ ।

आज बिहान उदाँउदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन भएको मानिन्छ । यसअघि हिजो साँझ देशभरका छठी घाटहरुमा अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो । दिनभरको कठोर ब्रतसँगै अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि राजभर जाग्राम बस्ने र बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि ब्रत समाप्त हुन्छ । तराईका सबै जिल्लाका छठी घाटहरुमा ब्रतालुको बाक्लो उपस्थिति थियो ।

राष्ट्रपति बिद्यादेवी भण्डारी पनि कमलपोखरीस्थित छठी घाटमा पुगेर छठको पूजा तथा सूर्यलाई अर्घ चढाउनुभएको थियो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा गरिएको छ ।

एक उत्तर छोड्न