ऐश्वर्या राय खलनायिका

0
79

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन यसपटक खलचरित्रमा आउने भएकी छन् । उपन्यास ‘पोन्नियिन सेल्बन’मा आधारित नयाँ फिल्ममा उनी खलनायिकाका रूपमा अनुबन्धित भएकी हुन् ।

ऐश्वर्याले यो फिल्ममा तेलुगु नायक मोहनबाबुको पत्नीको भूमिका निर्वाह गर्दै छिन् । फिल्ममा अमिताभ बच्चन पनि हुनेछन् । फिल्मलाई मणि रत्नमले निर्देशन गरिरहेका छन् ।

यसअघिको फिल्म फन्ने खाँले बजारमा त्यति ठूलो सफलता नपाएपछि यी अभिनेत्रीले नायिकाबाट खलनायिकाको भूमिका रोजेकी हुन् । यो नयाँ फिल्मको कथा ऐश्वर्याको चरित्रवरिपरि घुम्ने बताइएको छ । फिल्ममा ऐश्वर्याले आफ्ना ससुरा अभिताभ बच्चनसँग चरित्रको हिसाबले प्रतिस्पर्धा गर्नेछिन् ।

एक उत्तर छोड्न