ओप्पो एफनाइन जेड ग्रिन सार्वजनिक

0
181

ओप्पो एफनाइन जेड ग्रिन सार्वजनिक

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओप्पोले वैश्विक स्तरकै लोकप्रियता कमाएको स्मार्ट फोन ओप्पो एफ नाइनअन्तर्गत नयाँ लिमिटेड एडिसन सार्वजनिक गरेको छ ।

पछिल्लो वर्ष सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीन भिन्न रंगमा सार्वजनिक ओप्पो एफ नाइनका कम्पनीले नयाँरंग जेड ग्रिनमा लिमिटेड एडिसनका रूपमा फोन सार्वजनिक गरेको हो । एफनाइन जेडग्रिन एडिसनको मूल्य ४१ हजार ५ सय ९० निर्धारण गरिएको छ ।

जेडग्रिन एडिसन एफनाइनमा विद्यमान विशेषताहरू (स्पेसिफिकेसन्स)लाई नै निरन्तता दिइएको छ । यसमा उपलब्ध भोक फ्ल्यास चार्जले ५ मिनेटको चार्जमा २ घण्टा टक टाइमको सुनिश्चितता प्रदान गर्छ । प्रयोगकर्ताद्वारा गरिएका प्रयोग तथा परीक्षणमा भोक फ्ल्यास चार्जले,मात्र ५ मिनेटको चार्जमा सर्वाधिक लामो टकटाइम दिने प्रमाणित भइसकेको छ ।

एक उत्तर छोड्न