कंगना रनावत सबभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री

0
124

कंगना रनावत बलिउडमा सबभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी छन्। कंगनाले आफ्नो आगामी फिल्मका लागि २४ करोड भारू पारिश्रमिक लिँदै सबभन्दा धेरै पारिश्रमिक पाउने अभिनेत्री बन्न सफल भएकी हुन्।

कंगनाको नयाँ फिल्म दक्षिण भारतीय अभिनेत्री समेत रहेकी नेता जय ललिताको जीवनीमा आधारित छ। फिल्म हिन्दी र तमिल दुवै भाषामा बन्नेछ। हिन्दीमा फिल्मको नाम ‘जया’ र तमिलमा ‘थलैवी’ हुनेछ।

सामान्यतया कुनै हिन्दी फिल्म दक्षिण भारतीय भाषामा समेत बन्दा फिल्ममा दक्षिण भारतका चर्चित कलाकारको पनि मुख्य भूमिका राखिन्छ। तर दक्षिण भारतकै ‘अम्मा’ जय ललितामाथि बन्ने यो फिल्म कंगना एक्लैले सम्हाल्नेछिन्। ‘मणिकर्णिका’ भएर आफ्नो नायकी देखाउन सफल क‌ंगनाको स्टारडमले फिल्म दुवै भाषाका दर्शकबीच लोकप्रिय हुनेमा निर्माताहरूको विश्वास छ।

Kangana Ranaut emerges as Bollywood’s highest paid actress, pocketing Rs 24 crore for Jayalalithaa biopic

कंगनाले यो फिल्मबारे आफ्नो ३२ औं जन्मदिनको अवसरमा जानकारी गराएकी थिइन्। उनले फिल्मबारे भनेकी थिइन्, ‘यो शताब्दीकै सफल महिलामध्ये जयललिताजी एक हुनुहुन्छ। उहाँ सुपरस्टार हुनुभयो। लोकप्रिय राजनीतिज्ञ हुनुभयो। उहाँको जीवनीमा फिल्म बन्नू महान् कुरा हो। म यो फिल्मको हिस्सा हुन पाउँदा निकै सम्मानित महशुस गर्छु।’

‘बाहुबली’ र कंगनाकै पछिल्लो सफल फिल्म ‘मणिकर्णिका’ का लेखक केभी विजयेन्द्र प्रसादले लेखेका फिल्म एएल विजयको निर्देशनमा बन्नेछ।

कंगनाले यसअघि नै आफ्नै बायोपिक पनि बनाउने बताइसकेकी छन्। आफ्नो जीवनका पाटाहरू समेटेर बनाउने फिल्म उनी आफैंले निर्देशन गर्ने भनेकी छन्। उनको यो प्रयास हेर्न बाँकी नै छ। तर पछिल्लो समय बलिउडमा बायोपिक बन्ने लहर छ। सन् २०१८/१९ मै थुप्रै राजनीतिज्ञ, साहित्यकार, कलाकार लगायत व्यक्तिका बायोपिक बने

यसमा अभिनेता सञ्जय दत्तको बायोपिक ‘सञ्जु’, राजनीतिज्ञ बाल ठाकरेको ‘ठाकरे’, प्याडमान, मणिकर्णिका, मन्टो जस्ता बायोपिकले राम्रो व्यापार र प्रतिक्रिया पनि पाए।

एक उत्तर छोड्न