कभर भिडियो प्रतियोगितामा जानी नजानी

0
39

काठमाडौं। पछिल्लो समय चलचित्रको गीतलाई चर्चामा ल्याउन कोभर भिडियो निर्माण गर्ने क्रम बढेको छ । यही क्रममा चलचित्र ‘जानी नजानी’ को गीत ‘एउटीलाई मुटुमा घर…’ को पनि कोभर भिडियो प्रतियोगिता घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै यस्तो घोषणा गरिएको हो ।
यो गीतको कोभर भिडियो कम्तीमा १ मिनटको हु्नुपर्नेछ । त्यसभन्दा माथि ४ मिनटसम्मको भए पनि फरक नपर्ने निर्माता रोशनी केसीले पत्रकार भेटघाटका क्रममा जानकारी गराइन् । १ चैत्रबाट रिलिज हुने यो चलचित्रको कोभर भिडियो यही २० फागुनभित्र पठाइसक्नुपर्ने केसीले बताइन् ।

यसका निर्देशक वसन्त अधिकारीले भने, ‘उत्कृष्ट कोभर भिडियो विजेताले रोवा कम्पनीको ३२ इन्चको स्टार्म टिभी, दोस्रो हुनेले रोवाकै फाइभ पोइन्ट वानको साउन्ड सिस्टम, तेस्रो हुने दुई जनाले कार्टुक क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्स गर्न पाउनेछन् ।’
यो फिल्मका अभिनेता मनीषले पनि यस्तो प्रतियोगिताले चलचित्रको बजार विस्तारमा फाइदा पु¥याउने बताए । यो प्रतिस्पर्धामा प्राप्त हुने भिडियोलाई नृत्य निर्देशक एवं अभिनेता नरेशवीर कंसाकारले चयन गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट भिडियो प्राप्त हुने विश्वास आफूले गरेको उनले बताए ।
आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै फिल्ममार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकका रूपमा काम गरिसकेका वसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दै छन् ।
यसमा प्रेम कथासँगै राष्ट्रियता र युवापुस्ताले बोध गर्नुपर्ने जिम्मेवारीलाई पनि देखाइएको छ । फिल्ममा छायांकन सञ्जय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् ।

एक उत्तर छोड्न