काभ्रेको पात्लेखेतमा बस दुर्घटना हुँदा २५ घाइते : घाइते मध्ये एकको मृत्यु

0
87

काभ्रे । बनेपाबाट नेपालथोक जाँदै गरेको हिमाल तराई यातायातको बा ४ ख ३३१९ नं को बस सोमवार काभ्रेको नमोबुध्द नगरपालिका २ स्थित पात्लेखेतमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । घाइते माध्यबाट ३ जना गम्भिर घाइते भएकाछन् ।

घाइते मध्ये नमोबुद्ध नगरपालिका बर्डा नं ६का ६५ बर्षिय रामकृष्ण कार्कीको भने मृत्यु भएको छ । घाइतेहरुको धुलिखेल अस्पताल, नर्भिक, भेनस, वि.एम वि र ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुर्घट्ना लगत्तै स्थानीय र प्रहरीको सहयोगमा घाईतेहरुको उद्दार गरिएको थियो ।


घाईते मध्ये अधिकांश पुरुष छन् । तीन यात्रु महिला सामान्य छन् । बस सडकबाट २ सय मिटर भन्दा तल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता  डिएसपी दिपक गिरीले जानकारी दिए ।

एक उत्तर छोड्न