कारबम हमलामा १५ जनाको मृत्यु

0
51

काबुल।  अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात सहरमा बिहीबार बिहान गुप्तचर सेवा भवनलक्षित कारबम हमलामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । सो घटनामा परी अन्य ८५ जना घाइते भएका जाबुल प्रान्तका गभर्नरले जानकारी दिएको छ । अफगानिस्तानको जाबुल प्रान्तमा तालिबानी लडाकु समूहले गरेको यो पछिल्लो हिंसात्मक घटना हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक अमेरिकी सेनाबाट फिर्ता लिने सम्बन्धमा तालिबानसँगको वार्ता समाप्त गरेपछि हिंसा बढेको पाइएको छ ।

बिहीबार बिहान जाबुलको कलाट सहरमा भएको कारबम राष्ट्रिय सुरक्षा निर्देशनालयलाई लक्षित भएको बताइएको छ । सो हमलामा सोही स्थानमा अवस्थित रहेको जाबुलको क्षेत्रीय अस्पताल नष्ट भएको बताइएको छ । जाबुल प्रान्तका प्रान्तीय परिषद्का प्रमुख अता जान हकबायानले भने सो घटनामा २० व्यक्तिको मृत्यु हुनको साथै अन्य ९० जना घाइते भएको बताएका छन् ।

बम विष्फोटको तालिबान लडाकु समूहका प्रवक्ता, कारी यसुफ अहमदीले दाबी गरेका छन् । उनका अनुसार सो आक्रमण राष्ट्रिय निर्देशनालयविरुद्ध भएको हो । यसै साताको सुरुमा राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने हिसाबले भएका दुईवटा विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

राष्ट्रपति घानीको चुनावी अभियानलाई बिथोल्ने उद्देश्यबाट गराइएको यस विस्फोटमा परी मारिने र घाइते हुनेमा महिला तथा बालबालिकासमेत रहेका थिए ।

एक उत्तर छोड्न